प्रविधि

भैरवी गाउँपालिकाको आफ्नै मोबाईल एप सार्वजनिक

दैलेख । दैलेखको भैरबी गाउँपालिकाले सूचनामूलक मोबाइल एप सार्वजनिक गरेको छ ।

गाउँपालिकाको सम्पूर्ण विवरणसहित सो एप सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष प्रेम बहादुर बुढाले जानकारी दिनुभयो । 

नेपाल सरकार सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गत सूचना प्रविधि विभाग र स्थानीय शासन तथा सामूदायिक विभाग कार्यक्रम अन्तर्गतको प्रादेशिक सहयोग इकाई सुर्खेतको सहयोगमा सूचना तथा प्रविधिलाई सहजीकरण गर्नको लागी गाउँपालिकामा मोबाईल एप्सको प्रयोग गरिएको हो । 

गाउँपालिकाका अध्यक्ष बुढाले एप्सको उद्घाटन तथा सार्वजनिक गर्दै ग्रामीण क्षेत्रमा पनि सूचना तथा संचार प्रविधि सबैको हक र अधिकार सुनिश्चित गर्ने उदेश्यले मोबाईल एप्सको प्रयोगमा ल्याइएको बताए । 

मोबाईल एप्स डाउनलोड गर्नको लागि आफ्नो मोबाईलको प्ले स्टोरमा गई एपलाई डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । 

यस एपबाट गाउँपालिकाबाट प्राप्त हुने सम्पुर्ण सेवाहरु, कार्यक्रम तथा परियोजनाहरु, ऐन कानुनहरु, बडा विवरण, महत्वपूर्ण स्थानहरुको जानकारी प्राप्त गर्न सकिन्छ । 
अब विश्वको जुनसुकै कुनाबाट पनि गाउँपालिकाका बारेमा आफ्नो धारणा राख्न सकिन्छ ।

भैरवी गाउँपालिकाकाे माेबाइल एप (Mobile Application) डाउनलाेड गर्न तलकाे लिंकमा जानुहाेस ।

https://play.google.com/store/apps/details?id=infodev.doit_bhairabi

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत