स्वास्थ्य

स्वास्थ्य सहायक बेपत्ता, बिरामी मारमा

  • ५ मङ्सिर बुधबार, २०७५ | ११:०४:०० मा प्रकाशित

गौशाला । महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार साह २० दिनदेखि बेपत्ता छन् । साह बेपत्ता भएपछि बिरामी मारका परेका छन् । 

साह कहाँ कुन अवस्थामा रहेको भन्ने बारेमा कुनै जानकारी नभएको एकडारा गाउँपालिका–५ का वडाध्यक्ष शेराजुद्दिन अन्सारीले बताए । उपचारका लागि आउने बिरामीलाई निकै सास्ती भएको त्यहाँ कार्यरत अनमी प्रतिमा चौधरी पौडेलले बताए ।

स्वास्थ्य चौकीमा दैनिक ७० देखि ८० बिरामी उपचारका लागि आउने गरेका छन् । “उपचार सेवा प्रभावित भएको छ,” पौडेलले भनिन् ।रासस

तपाईँको मत