पूर्वाधार

रासायनिक मल बिक्री

  • ४ मङ्सिर मंगलबार, २०७५ | १३:२३:०० मा प्रकाशित
सांकेतिक तस्विर

पोखरा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११ दशमलब २०० मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ । 

कार्यालयले यस आवका लागि विभिन्न ६० वटा सहकारीलाई सूचीकृत गरेकामा ती सहकारीमार्फत युरिया, डिएपी र पोटास बिक्री भएको कामु शाखा प्रबन्धक मुरलीमोहन रेग्मीले जानकारी दिए । 

उनका अनुसार यस चौमासिकमा युरिया ४४१ दशमलब ८५० मेट्रिकटन, डिएपी १४७ दशमलब २५० मेट्रिक टन र पोटास २२ दशमलब १०० मेट्रिक टन बिक्री भएको छ । कार्यालयमा युरिया ७४ दशमलब ६०० मेट्रिक टन र डिएपी ३२ दशमलब ७५० मेट्रिकटन मौज्दात बाँकी रहे पनि पोटास मौज्दात नरहेको उनले जानकारी दिए । कार्यालयबाट कात्तिक महिनामा ४१ दशमलब ४०० मेट्रिकटन युरिया र ६२ डिएपी ६२ मेट्रिक टन बिक्री भएको जनाइएको छ ।  रासस

तपाईँको मत