कला

फेरि जयहोस

देखेरपनि नदेख्ने,

सुनेरपनि नसुन्ने,

जानेरपनि नजान्ने,

बुझेरपनि नबुझ्ने,

सम्पुर्ण जनताले विश्वासपात्र कहलिएका,

रक्षाका निम्ति खटिएका महोदयहरु,

आज,

त्रिशुल डमरूको छापको नाममा जयजयकार गर्दै,

लाचार र विवस जनता हेर्नुपर्छ भनी,

इतिहासको पानाले आँखामा पट्टी बाँधी,

पुन जनतासामु भनिरहेका छन,

मृत्युलाई कुल्चेर नै अमर बनिन्छ

बिन्ती सुनिदेउ प्रभुतिम्रै छ कमि,

जय शम्भु कैलाशपति,

म मात्र सलाम भन्न सक्छु ।

 

तपाईँको मत