जीवनशैली

बच्चाको दाँत सम्बन्धि अभिभावकले जान्नैपर्ने कुरा

  • २ मङ्सिर आइतबार, २०७५ | १५:०९:०० मा प्रकाशित

उमेर अनुसार बालबालिकाको दाँत उम्रनु स्वाभाविक प्रक्रिया हो । बच्चा बिमारी हुँदा बच्चा लगायत सम्पूर्ण परिवारलाई समस्या हुने हुँदा बेलैमा बुद्धि पुर्‍याउनु आवश्यक छ। बच्चा पूर्णतः स्वस्थ भएमा भने त्यति कष्ट भोग्नुपर्दैन ।बेलैमा बुद्धी पुर्‍याए बच्चाको दाँतमा किरा लाग्ने, दाँत दुख्ने लगायत गिजा सम्बन्धि समस्या रोकथाम गर्न सकिन्छ।

ध्यान दिनुपर्ने कुराहरू ः
-बच्चाको दाँत नउम्रिदै हरेक पटक दूध चुसाएपछि र अन्य खानेकुरा खुवाएपछि नरम कपडाले उसको मुख सफा गरिदिनुपर्छ।
-बच्चाको दाँत आएदेखि नै ब्रस गराउनु पर्छ। बालबालिकाले ब्रस गर्न नसकेको अवस्थामा अभिभावक आफैले ब्रस गरिदिनुपर्छ।
-बोतलको दुध सकेसम्म नखुवाउने।
-सुतेर दुध नखुवाउने।
-दिनको दुई पटक विहान र बेलुका खाना खाएपछि ब्रस गराऊनु पर्छ।
-जंक फुडले दाँत बिगारने लगायत सरिरमा अन्य समस्या ल्याउने हुनाले यस्तो खानबाट बच्चा लाई निरूत्साहित गर्ने।
-कम्तीमा वर्षको एक पटक दन्त चिकित्सकसँग जाँच गराउनुपर्छ । 
-दन्त चिकित्सकले Scaling & Topical flouride application, Pit and fissure sealant application, Restoration, diet counseling, Arrest of caries technique, cavity modification, proper oral hygeine maintainence instructions लगायतका बिभिन्न तरिका अप्नाई दाँत दुख्ने र गिजा सम्बन्धि समस्याबाट बच्चा लाई जोगाउन सकिन्छ।

–  बच्चाको दाँत दुईपटक उम्रने गर्छ, एउटा दूधे र अर्को स्थायी दाँत ।
–  बच्चा पाँच–सात पहिनाको हुँदा दूधे दाँत उम्रन सुरु हुन्छ । त्यसपछि दुई वर्ष नौ महिनाको उमेरसम्म बच्चाको दाँत आउने क्रम जारी रहन्छ । जसलाई अंग्रेजीमा ‘प्राइमरी       युरुपसन अफ टिथ’ भनिन्छ ।
–  यस्तो अवस्थामा गिजाको तल र माथि गरी २० वटासम्म दाँत उम्रने गर्छ ।
–  त्यसपश्चात् ६ देखि १२ वर्षको उमेरबीचमा दूधे दाँत झर्न सुरु गर्छ र स्थायी दाँत उम्रने क्रम सुरु हुन्छ । जसलाई मेडिकल भाषामा ‘सेकेन्डरी युरुपसन अफ टिथ’ भनिन्छ ।
–  दाँत उम्रने समयमा प्रायः बच्चालाई शारीरिक एवं मानसिक कष्टको सामना गर्नुपर्छ ।

उम्रँदा यस्ता समस्या

–  दाँत ढिलो गरी आउनु,
–  चिडचिडापन, बैचैनी, डर लाग्नु, रुनु, कराउनु,
–  ज्वरो आउनु, ज्वरोका साथै शरीर कडा भएर जानु, ऐठन हुनु,
–  टाउको दुख्नुका साथै ज्वरो आउनु,
–  पातलो, हरियो, खाना नपचेको दिसा बाहिरिनु,
–  आँखा रातो, रसिलो हुनु, चिलाउनु, कचेरा आइरहनु,
–  कान दुख्नु, कानबाट पिप बग्नु,
–  मुखबाट अत्यधिक र्‍याल निस्कनु,
–  गिजा सुन्निनु, संवेदनशील बन्नु, खाने वेला गिजा टोकिनु,
–  पेट फुल्नु, दुख्नु, कब्जियत, बान्ता हुनु, पेटमा चुर्ना पर्नु,
–  खानमा रुचि नहुनु, ठीकसँग खाना नखानु,
–  पिसाब फेर्ने समय पीडा महसुस हुनु,
–  निद्रा नलाग्नु, निद्रामा तर्सिनु, कराउनु,
–  छालासम्बन्धी विभिन्न समस्या देखिनु,

उम्रनुअघि उपचार गर्दा

–  बच्चाको दाँत उम्रने समयमा हुने समस्याको होमियोप्याथीमा विभिन्न औषधि उपलब्ध छन् । लक्षणअनुसार त्यसको प्रयोग गरेमा लाभदायक हुन्छ ।
–  होमियोप्याथिक चिकित्साले बच्चाको दाँत सजिलैसँग उम्रनुका साथै उसको सम्पूर्ण स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ । यस्तो उपचारले दाँतलाई पनि मजबुत पार्छ ।
–  कसैकसैमा दूधे दाँत नझरीकनै स्थायी दाँत पलाउन थाल्छ । यसरी उम्रिएका दाँत बांगोटिंगो र विकृत आउने गर्छ । अनि पछि कालो भएर छिटै बिग्रिएर जान्छ ।
–  स्थायी दाँत आउनुअघि या या दाँत उम्रने दौरानमै होमियोप्याथिक उपचार गराउँदा त्यस्ता खतराबाट सजिलै बच्न सकिन्छ । यस्तो उपचारले दाँत उम्रिनासाथ कालो हुँदै जाने समस्या हटेर जानुका साथै स्थायी रूपमा उम्रने दाँत पनि स्वस्थ र बलियो हुन्छ ।
–  होमियोप्याथिक औषधिको स्वाद गुलियो हुनाले बच्चाले सजिलै यसको सेवन गर्न सक्छ । या बच्चालाई औषधि खुवाउनका लागि जबर्जस्ती गर्नुपर्दैन ।

–  नजिकैको कुनै योग्य तथा अनुभवी चिकित्सकसँगको परामर्शमा मात्र यस्ता औषधिको सेवन गराउनुपर्छ ।

 

तपाईँको मत