कला

यहाँ राजनीति, भगवानका मन्दिर चल्छन गरिबीले

फल्ने खेती हाे गरिबी

  • मिना डांगी
  • २५ कार्तिक आइतबार, २०७५ | १५:३८:०० मा प्रकाशित

जसले जता-जता कुरा घुमाएपनि
जसले जस्तासुकै बिजनेस प्लान बनाएपनि
फल्ने खेती हाे गरिबी,
चल्ने व्यापार हाे गरिबी,
फस्टाउने उद्याेग हाे गरिबी, 
म मान्छे, तिमी मान्छे अनि उ पनि मान्छे,
त्यसमा पनि गरिब बिउ मान्छे 
मन,
मन त सबै काे छ, मुटु त सबैकाे हुन्छ
अनि त्यहि मन त हाे दुख्ने 
त्यहि मुटु हाे पाेल्ने
त्यो सबै दुख्ने पाेल्ने, चस्किने, घाेच्ने 
बिबिरा अाउने चरचराउने,
एउटा तत्व,एउटा चिज एउटा रसायन 
त्यही त हाे गरिबी,,
त्यहि रसायनले त्यहि तत्वले त्यहि गरिबीले,
कत्रा-कत्रा राजनीतिक परिवर्तन भए
कत्रा-कत्रा खेती माैलाए
नत लगानी नै गर्नुपर्ने, नत मेहनत नै
बस बीउ छरिदिए पुग्छ, सपनाकाे
गाजाकाे ४ पुस्ता एकैचोटि माैलाएर अाउँछ
गरिबीकाे खेती, गरिबीकाे व्यापार
अब त गरिबी नशा नै भैसक्याे
अब त गरिबी लत नै भै सक्यो 
बस, एउटा नेता भनिदाे अाएर 
बिउ छरिदिन्छ सपनाकाे,
,,पेट भरि खाना पाउने सपना,
,,एकसराे अाङ छाेप्ने सपना,
,,अाफ्नेै घर मा बस्ने सपना,
सन्तानलाई पढाउने र ठुला मान्छे बनाउने सपना
अब किसान हलाे नारेकाे गाेरु छाेडेर कुद्छ
मजदुर मेलाेमा ज्यावल छाेडेर कुदछ
विरामी राेग बाेकेर कुद्छ 
खालि पेट भाेक बाेकेर कुद्छ
अफिमकाे नशा जस्तो, लठ्ठ परेर
भाङकाे नशा लागे जस्तो बाैलठ्ठी
जब नेता चुनाव जितेर बाटाे लाग्छ 
तब गरिबकाे नशा उत्रिन्छ
अनि तरँग हुदै तङ्गरीँदै उठ्छ
गाेरु अर्कैले मेची कटाई सकेकाे 
हलाे अर्कैले अागाे तापिसकेकाे 
मेलाेमा सिरु फुलिसकेको 
जमिन बन्जर उसैलाई पर्खिरहेको 
बाेल्न पाउने लेख्न पाउने स्वतन्त्रता र समानताका सपना सँगै बिवशता छट्पटाउँछ
छाेराे पढाउने दीर्घ सपना,
फेरि चस्स मन दुख्छ, मुटु पाेल्छ
पेटभरि उम्लिएकाे अमिलो रसायन विस्तारै सेलाउँछ अनि अाँखामा अाँशु बनेर टप्लक्क भरिन्छ
अनि भुईंमा झर्छ, डर्लङ्ग
अनि पूर्व जन्मेको कमाई भन्दै 
भगवानकाे मन्दिर धाउन वाध्य
अाज फेरि गरिबीकाे व्यापार 
मन्दिर माैलाएकाे छ 
भगवान भेट्न टाढा धाउनु पर्दैन 
टाेल टाेल मा भगवान का नयाँ नयाँ घडेरि 
नयाँ नयाँ घर
भगवान अाफेैँ अाई दिएका छन
गरिबका विलाैना सुन्न
बस 
मुठ्ठी, मुरी, अाना, ताेला जेजे चढाएनि
पल्ला दान, तुला दान जेजे भनेनि
बहाना केवल दुखेको मन सेक्ने पाेलेकाे मुटु सेक्ने, चर्किएको छाती टाल्ने
मुर्ति बाेल्ने हाेइन, अाफैँ सवाल गर्याे
अाफैँ जवाफ दियाे 
समर्पण काे पराकाष्ठा 
मरि लानु के छ र????
कात्रो मा त गाेजि हुँदैन ।
किन स्वतन्त्रता समानता चाहियो ??? अाखिर एक दिन मर्ने नैहाे।
२० वर्षमा सरकारी स्कुल एउटा बढेन
२० वर्षमा मन्दिर जरुर ४० बनिए
त्यसैले त मन्दिरमा मुठ्ठी दान गरे 
सन्तान त्यसै विद्वान गरिबका
गरिबी , 
यहाँ राजनीति चल्छ गरिबीले
भगवानका मन्दिर चल्छन गरिबीले
जिअाेज, एनजिअाेज,के के अाे के के अाे यहाँ सव, अाे, चल्छन गरिबीले
स्कुल, क्याम्पस, अस्पताल,
बालअाश्रम वृद्धाश्रम सब चल्ने चलाउने गरिबी,
त्यसैले त यहाँ खेती हुन्छ गरिबीकाे
ब्यापार हुन्छ गरिबीकाे 
उद्याेग हुन्छ गरिबीकाे 
गरिब केवल कच्चापदार्थ 
गरिब केवल बीउ पूँजी 
अप्रत्यक्ष रुपमा
गरिबी नशा हाे
जब गरिबमा गरिबीकाे नशा चढ्छ नि !
भाबुक हुन्छ, तातिन्छ, रन्किन्छ, तन्किन्छ, बम्किन्छ
भक्कानिन्छ, झ्वाकिन्छ
अनि बडा दम्भका साथ छाती पिटेर
म पनि त तिमीहरू जस्तै मान्छे हुँ
जब उसले स्वतन्त्रता र समानताकाे भजन गाउन थाल्छ नि
एता कच्चापदार्थ तयार, फ्याक्ट्री तयार, ब्याड तयार, बीउ तयार
तब
व्यापारी मज्जाले बेचेर बाटाे लाग्छ 
"अाे" हरु मज्जाले किनेर बाटाे लाग्छन् 
व्यवसायी मज्जाले पेलेर बाटाे लाग्छन्
धर्मका ढाेँङगीहरु मजाले ढाँटेर बाटाे लाग्छन् 
नेताहरू जितेेर बाटाे लाग्छन् 
तब फेरि नशा उत्रिन्छ
गरिबकाे भावनात्मक अाशा अभिलाशा त्याे सपना 
त्याे स्वतन्त्रता र समानताकाे कथा 
त्याे उम्लिएकाे मानवता
सब खङरङग सुक्छ
अनि ब्युझन्छ बस गरिबी
अझ टनटनी कसिएकाे
फेरि भावुक मन मडारीन्छ
अाँखाका डिलसम्म तिनै 
लाचार र बिबस अाँसु
अाँखाका डिलबाट पुरलुक्क जमिनमा ढल्छन् अनि सुक्छन् ।।।

तपाईँको मत