कला

मोह रहेछ संसार आफैँ बिलाएँ ।।

पाएँथे जो मैले उसैलाई गुमाएँ

म थाकेर दिलका बेदना सुनाएँ ।।

कहाँ पाउँ तस्बिर बिना प्रेमले,

निकम्मा उसैको तस्विर सजाएँ ।।

नहिँड प्रिया गरि कृत्य भ्रमको,

म देखेर दुनियाँ साँच्चै अघाएँ ।।

जानू छ पारी त्यो खोला तरेर,

खोजेर जंगार किनार मै हराएँ ।।

नसोध्नु तिमी मेरो हाल मलाई,

मोह रहेछ संसार आफैँ बिलाएँ ।।

२४/०७/२०७५

तपाईँको मत