गाउँ सहर

देशैभर भाईटिकाकाे राैनक (फाेटाे फिचर)

भावना अन्तर्निहित

तस्विर : दिपेश घिमिरेकाे सञ्जालबाट ।

काठमाडाैँ । अाज तिहारको अन्तिम दिन, कार्तिक शुक्ल द्वितीया तिथि अर्थात् यमपञ्चकको पाँचौं दिन, भाईटीका गरेर यो पर्व विशेष उत्साहका साथ मनाइँदै छ । टिका लगाउने क्रम जारी छ ।

यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।

परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान-सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले राजा बलिका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ ।

भाई तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ ।

लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ ।

दिदीबहिनीले भाईटीकाको अघिल्लै दिन दाजुभाईलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी, फूल आदि दिने चलन। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरूको विश्वास छ।

टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवी र यमराजकाे पूजा गर्नुपर्छ ।  भाईटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा-मीठा परिकारको आवश्यकता पर्छ ।

यसै सन्दर्भमा विहानबाट, अर्थात साइतबाट पछल्ला देशभरका केही टिकाका तस्विरहरूलाइ हामीले संकलन गरेका छाैँ ।

तस्विरहरू सामाजिक सञ्जाल ।

तपाईँको मत