गाउँ सहर

दीपावली गर्दा आगलागी

  • २२ कार्तिक बिहीबार, २०७५ | २०:०४:०० मा प्रकाशित
symbolic photo

तौलिहवा । कपिलवस्तु शुद्धोधन गाउँपालिका–३ लवनीस्थित बेचन कलवारको घरमा बुधबार राति लक्ष्मी पूजाका लागि दीपावली गर्दा आगलागी भएको छ । आगलागीबाट करीब रु चार लाख १५ हजार मूल्य बराबरका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

दीपावलीका लागि बालिएको मैनबत्तीबाट आगो सल्कन गई आगलागी भएको बताइएको छ । प्रहरी, स्थानीय र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलको प्रयासमा आगो नियन्त्रण लिएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए । 

आगलागीबाट कलवारको घरको सटर कोठामा रहेका दुई वटा मोटरसाइकललगायत अन्य मालसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । रासस

तपाईँको मत