गाउँ सहर

नगदसहित २३ जुवाडे पक्राउ, मुद्दा दायर

  • २२ कार्तिक बिहीबार, २०७५ | १८:५१:०० मा प्रकाशित

चितवन । भरतपुर महानगरपालिका विभिन्न स्थानबाट नगद सहित २३ जना जुवाडे पक्राउ परेका छन् ।

जुवातास नियन्त्रण अभियान अन्तर्गत गएराति १ बजे भरतपुर मनपा वडा नं. १६ शरणपुरमा बाजी थापी कौडा खेलीरहेको अवस्थामा फेला परेका १९ जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक (एसपी) सुशिलसिहं राठौरले जानकारी दिए ।

उनीहरुबाटै कौडा १६ थान र नगद १ लाख ४९ हजार ६ सय ८५ रुपैयाँ समेत बरामद गरिएको प्रहरीले बताएकाे छ ।

यस्तै गएराती ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन भरतपुर मनपा वडा नं. १५ फुलबारी कमलपोखरीबाट पैसाको बाजी थापी कौडा खेल्ने ४ जनालाई पक्राउ गरी कौडा १६ थान र नगद ३ लाख ६ हजार २ सय ६५ रुपैयाँ बरामद गरेकाे छ ।

पक्राउ परेकाहरु उपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गर जुवा कसुरमा थप अनुसन्धान कारबाही भई रहेको एसपी राठौरले बताए । 

जिल्लामा तिहारको आजसम्म अवधिमा ६५ जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले बताएकाे छ ।

 

तपाईँको मत