प्रदेश सभा

एक महीनाभित्र राजधानीको टुङ्गो

  • ११ कार्तिक आइतबार, २०७५ | २०:१९:०० मा प्रकाशित
फाइल तस्विर

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक महीनाभित्र राजधानीको टुङ्गो लाग्ने बताउनुभएको छ । 

पत्रकारसँग आज उनले भने, “तिहारपछि बस्ने संसद्को बैठकले राजधानी टुङ्गो लगाएर मात्रै उठ्छ ।” मुख्यमन्त्री पौडेलले राजधानीको टुङ्गो लगाउने विषयमा गाह्रो नभएको तर हतार नगरेको उल्लेख गरे । हालसम्म तीन वटा प्रदेशले मात्रै राजधानीको टुङ्गो लगाएको भन्दै उनले ढिलो नभएको दावी गरे । 

प्रदेश नामकरणका विषयमा खासै ठूलो विवाद नहुने भन्दै उनले भने, “नामका विषयमा केही प्रस्ताव भएको छैन ।” केन्द्र र प्रदेश सरकारका बीचमा कुनै समस्या नरहेको भन्दै उनले ऐन कानून बनिनसक्दा केही असहज भए पनि काम गर्न रोकावट नभएको बताए । रासस 

तपाईँको मत