गाउँ सहर

खुम्बुमा लेक लागेर विदेशी नागरिकको मृत्यु

  • ५ कार्तिक सोमबार, २०७५ | २१:५७:०० मा प्रकाशित

सोलुखुम्बु । खुम्बु पासङल्हामु गाउँपालिका–४ मा लेक लागेर आज एक विदेशी नागरिकको ज्यान गएको छ । 

सगरमाथा आधार शिविरबाट फर्कने क्रममा लेक लागेर अस्ट्रेलियन नागरिक पोटरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।  

लेक लागेर बिरामी भएका ७० वर्षीय अस्ट्रेलियन नागरिक पोटरको उपचारका लागि लैजाने प्रयास हुँदाहुँदै ज्यान गएको प्रहरीले जनाएको छ । कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काठमाडौँ लगिएको छ । रासस

तपाईँको मत