विश्व

क्रोएसियाका पूर्व प्रधानमन्त्रीलाई युद्ध अपराधको आरोप

  • ५ कार्तिक सोमबार, २०७५ | २१:४२:०० मा प्रकाशित

जाग्रेब । क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराध गरेको ठहर गरिएको छ । 

युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै क्रोएसियाको एउटा अदालतले सजाय दिनुपर्ने फैसला सोमबार गरेको समाचारमा जनाइएको छ । 

पूर्व प्रधानमन्त्री सानाडरले सन् १९९० को दशकमा युद्धका नाममा राज्यको श्रोत साधनको दुरुपयोग गरेको आरोप लगाइएको छ । अदालतले उनलाई साढे दुई वर्ष जेल सजाय र पाँच लाख युरो जरिवाना समेत तिराउनु पर्ने फैसला सुनाएको हो । 

तर, पूर्व प्रधानमन्त्री सानाडरले भने जेल सजाय अस्विकार गरेका छन् । उनले सोही आरोपमा यस अघि नै जेल सजाँय भुक्तान गरेको दावी गर्दै फैसलाको पुनरावलोकनका लागि निवेदन दिने बताएका छन् । रासस/एएफपी

तपाईँको मत