नेप्सेद्वारा सूचीकृत संगठित संस्थाहरुकाे वर्गीकरण
- गाउँ सहर संवाददाता
- ५ कार्तिक सोमबार, २०७५ | १९:२५:०० मा प्रकाशित
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाहरुलाई वर्गीकरण गरेको छ ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ बमोजिम नेप्सेले सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको हो ।
धितोपत्र सूचीकरण नियमावलीको विनियम ११ अनुसार संगठित संस्थाको सूचीकरण गरेको नेप्सेले जनाएको छ ।
नेप्सेले अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्टिगत गरी संगठित संस्थाको चुक्ता पूँजी, प्रतिफल वितरण, वर्षिक साधारण सभाको समय, वित्तीय विवरण प्रकाशन, क्रेडिट रेटिङ्ग र निमायक निकायले तोकेको नियम परिपालना लगायतको स्थितिलाई हेरी चार वर्गमा वर्गीकरण गर्ने व्यवस्था गरेकाे थियो ।
वर्गीकरणमा परेका संगठित संस्थाहरुले वर्गीकरणमा पर्नु नपर्ने कारण सहित ३५ दिनभित्र दाबी गर्न समेत समयावधि दिएको छ । कम्पनीले पेश गरेको दाबी र कारण हेरेर नेप्सेले कम्पनीको वर्गीकरण सच्याउन आवश्यक भएमा संसोधन समेत गर्न सक्ने नेप्सेले बताएकाे छ ।
हाल नेप्सेमा १९६ वटा कम्पनी सूचीकृत छन् । जसमध्ये, समूह जेडमा १७४ कम्पनी परेका छन् भने बाँकी २२ कम्पनी समूह जी मा परेका छन् । ए र बी समूहमा कुनैपनि कम्पनी छैनन् ।
वर्गीकरणको पूरा सूची हेर्नुहाेस्.......।
प्रतिकृया दिनुहोस