विश्व

क्यानडाको पश्चिमी क्षेत्रमा भूकम्प

  • ५ कार्तिक सोमबार, २०७५ | १४:१२:०० मा प्रकाशित

वासिङ्टन । क्यानडाको पश्चिमी तटीय क्षेत्रमा आइतबार अबेर राति चारवटा भूकम्पका धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । ती भूकम्पहरु ४.९ म्याग्नीच्यूडदेखि ६.८ सम्मका छन् । 

पहिलो ६.६ म्याग्नीच्यूडको भूकम्प स्थानीय समय अनुसार १० बजेर ३९ मिनेट जाँदा गएको थियो । यो भूकम्पको केन्द्रविन्दु अमेरिकी सियाटलबाट ३५५ किमी उत्तरपश्चिममा रहेको छ । 

दोस्रो ६.८ म्याग्नीच्यूडको भूकम्प एक घण्टापछि अर्थात ११ बजेर १६ मिनेटमा क्यानेडाली सहर पोर्ट हार्डीभन्दा १२२ माइल दक्षिणपश्चिममा गएको थियो । 

त्यसको छ मिनेटपछि ६.५ म्याग्नीच्यूडको भूकम्प पोर्ट हार्डीबाट १३८ माइल दक्षिणपश्चिममा गएको थियो । लगत्तै सोही स्थानमा केही कमजोर ४.९ म्याग्नीच्यूडको भूकम्प गएको पनि अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । 

भूकम्पबाट धनजनको क्षति भएको विवरण हालसम्म प्राप्त भएको छैन । साथै अधिकारीहरुले सुनामीको चेतावनी समेत जारी गरेका छैनन् । 

यो क्षेत्र उत्तरी भ्यान्कुभर द्वीपदेखि उत्तरी क्यालिफोर्नियासम्मको क्षेत्रमा फैलिएको विशाल फल्टलाइनमा पर्दछ । (रासस/एएफपी)

तपाईँको मत