विश्व

दिल्लीका ४०० पेट्रोलपम्प बन्द, केजरीवालले भने—यसको पछाडि बीजेपी, बीजेपी भन्छ- केजरीवालको हात 

  • ५ कार्तिक सोमबार, २०७५ | १०:३९:०० मा प्रकाशित
livehindustan photo

नयाँ दिल्ली । सोमबारदेखि तपाइँले वाहनमा तेल हाल्न धेरै पापड बेल्नुपर्ने छ । छिमेकी राज्य यूपी र हरियाणामा पेट्रोल—डिजल सस्तो भएपछि दिल्लीमा बिक्री घटेर दिक्काएका दिल्लीका पेट्रोल पम्प सञ्चालक सोमबारबाट हड्तालमा उत्रिने भएका छन् । यसले करिब ४०० पेट्रोल पम्प बन्द हुनेछन् । 

यूपीको तुलनामा दिल्लीमा पेट्रोलमा करिब ३ रुपैयाँ र डिजलमा २ रुपैयाँ महंगो छ । 

यहि मौका पारेर मुख्यमन्त्री अरविंद केजरीवालाले पेट्रोल पम्प मालिकले मलाई यो हड्ताल भाजपाको प्रायोजित भनेर बताएको उनले जनाए । भाजपाका मानिसहरु पम्प मालिकलाई यस्तो गर्नको लागि दवाव दिइरहेको उनले बताए । 

तर, भाजपाका दिल्ली अध्यक्ष मनोज तिवारीले भने मुख्यमन्त्री केजरीवालले एक तिहाइ मूल्यवृद्धि गरेका छन् भन्दै केजरीवाललाई नै दोशी देखाएका छन् । 

मूल्यवृद्धिले ६० हजार बढी ट्याक्सी, ९५ हजार बढी अटो सोमबारबाट सडकदेखि संसदसम्म निक्लने तयारीमा छन् । एजेन्सी

तपाईँको मत