दृष्‍टिकोण

दशैँ सकिँदैछ, अब ऋण लिने हैन ? बनाउनुहोस् गरिखाने योजना 

विद्यार्थी तथा युवामा एउटा उज्यालो शब्द हाे याे, “शैक्षिक ऋण”

काठमाडौँ । पछिल्लो समय तात्दै अनि सेलाउँदै आएको विषय हो शैक्षिक प्रमाणपत्र कर्जा । यो पटक पनि खुबै राप र ताप छ यसको । किनकी यसपटक व्यवहारिक रुपमा शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण दिने र पाइने भएको छ । ऋण नपाएरै होला, गरिब विद्यार्थी तथा युवामा एउटा उज्यालो शब्द हाे याे, “शैक्षिक ऋण” ।

सरकारको निर्णयसँगै बैँक तथा वित्तीय सँस्थाहरु तातेका छन् । अब बैँक तथा वित्तीय सँस्थाले प्रमाणपत्र धितोमा राखेर सात लाख रुपैयाँसम्म शैक्षिक कर्जा दिन पाउने छन् । शैक्षिक कर्जा वाणिज्य बैँक, विकास बैँक र अन्य वित्तीय सँस्थाबाट पाइनेछ । लघुवित्त संस्थाले भने त्यस्तो ऋण दिन पाउने छैनन् ।


कागजात र प्रक्रिया कस्तो छ ?

शैक्षिक कर्जा लिनका लागि कम्तीमा स्नातक तह उत्तीर्ण भएको र ४० वर्ष उमेर ननाघेको, विदेशी विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेकाको हकमा नेपालको कुनै विश्वविद्यालयबाट समकक्षता सम्बन्धमा प्रकाशित सार्वजनिक सूचीमा अध्ययन गरेको विश्वविद्यालय समावेश भएको हुनुपर्नेछ ।

यस्तै घरेलु तथा साना उद्योग कार्यालय, समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायतका निकायबाट कम्तीमा सात दिनको उद्यम वा व्यवसाय गर्ने सीप विकास तालिम अनिवार्य लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा सीप विकास तालिम लिएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

त्यस्तो कर्जा लिएका विद्यार्थीले थप अध्ययन गर्न चाहेमा सरकारले तोकिदिएको विषयको उच्च शिक्षा, स्वास्थ्य सम्बन्धित विषय, इञ्जिनियरिङसम्बन्धी विषय, पशु विज्ञान, कृषि विज्ञान तथा अन्य प्राविधिक विषय अध्ययन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी सहुलियत पूर्ण शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरेको थियो । मन्त्रीपरिषद्ले गत भदौ २१ गते शैक्षिक कर्जासम्बन्धी कार्यविधि पारित गरेको थियो । पारित कार्यविधि यही असोज ६ गते अर्थ मन्त्रालयले सार्वजनिक गरेको थियो ।

 

के छ ‘सहुलियत कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५’ मा ?

नेपाल राष्ट्र बैंकले ‘सहुलियत कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५’ लागू गर्दै कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएसँगै कार्यान्यनमा आएको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत व्यवसायिक कृषि प्रवर्धन तथा उद्यमशिलता विकासका लागि परियोजना धितो र शैक्षिक प्रमाणपत्र धितोमा सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने उल्लेख गरेको थियो । 

उक्त व्यवस्था कार्यान्वयनमा ल्याउनका लागि अर्थ मन्त्रालयले गतहप्ता मात्रै सो सम्बन्धी कार्याविधि स्वीकृत गरेको थियो । उक्त कार्याविधिलाई कार्यान्वयनमा ल्याएर सेवाग्राहीलाई सोही अनुरुप कर्जा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएसँगै अबका दिनमा शैक्षिक प्रमाणपत्र धितो तथा परियोजनामा जमानीमा सहुलियत कर्जा पाईने भएको हो । 

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत व्यवसायिक कृषि प्रवर्धन तथा उद्यमशिलता विकासका लागि परियोजना धितो र शैक्षिक प्रमाणपत्र धितोमा सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने उल्लेख गरेको थियो । 

सरकारले पारित गरेको कार्यविधि अनुसार ७ प्रकारका क्षेत्रमा सहुलियत ऋण पाइनेछ । जस अन्तर्गत सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा शिर्षकमा ५ करोड रुपैयाँसम्म ऋण पाइनेछ । कार्यविधि अनुसार उक्त कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्ष हुनेछ । कार्यविधिमा १० लाख रुपैयाँभन्दा बढीको ऋणमा व्यवसायिक परियोजना नै धितोको रुपमा रहनेछ । यस्तो कर्जामा परियोजनाको सम्भाब्यतालाई नै मुख्य आधारको रुपमा लिइनेछ । सहुलियत कर्जा अन्तरगत स्नातक तह उतीर्ण गरेका युवाले प्रमाणपत्रको जमानीमा ७ लाख रुपैयाँसम्म कर्जा पाउने छन भने वैदेशिक रोजगारीबाट फर्किएका युवाले आफैले व्यवसाय गर्न चाहेमा १० लाख रुपैयाँसम्म सहुलियत कर्जा पाउनेछन । 

यसैगरी सरकारले भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि ३ लाख रुपैयाँसम्म सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने भएको छ । सरकारले भुकम्प पीडितका लागि सामुहिक जमानी वा धितो जमानीमा उक्त कर्जा प्रदान गर्नेछ । कार्यविधि अनुसार प्राविधिक तथा उच्च शिक्षा अध्ययनका लागि ५ लाख रुपैयाँ र दलित समुदाय व्यवसाय विकास कर्जा अन्तर्गत १० लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराईने भएको छ । 

तर, त्यसरी प्रवाह गरिएको कर्जाको ब्याजदर बैंक तथा वित्तीय संस्थाको आधार दरमा २ प्रतिशत थप गर्न पाइने तर अन्य कुनै पनि प्रकारका शुल्क लिन पाईने छैन । सहुलियत कर्जा लिनका लागि व्यवसाय गर्न चाहने व्यक्ति व्यक्तिको उमेर १८ वर्ष उमेर भने पुगेको हुनुपर्नेछ । सहुलियत कर्जा लिन चाहने संस्था वा कम्पनीमा शतप्रतिशत सेयर नेपाली नागरिकको हुनुपर्नेछ । 

नयाँ कार्यविधिले युवालाई प्रोत्साहन गरेको छ । यदी सहज र सरल तरिकाले यो ऋणको उपलब्धता हुन सकेमा अधिकांश बेरोजगार युवाको लागि यो प्रकृतिका ऋण प्रभावकारी हुने युवा नेताहरुले बताएका छन् । अधिकांशत् जनताले पनि यो ऋणको सहजताले दैनिक रुपमा विदेशिने युवालाई नियन्त्रण गर्दै आत्मनिर्भर बन्न प्रेरित गर्ने विश्वास लिएका छन् । यसकारण दशैँसँगै नविन योजना अर्थात प्रस्तावनासहित केही गर्छु भन्ने समय आएको छ । तपाइँपनि यो मौका नगुमाउनुहोस् । “समय आउँछ पर्खदैन, बगेको खोला फर्कदैन” भन्ने उखानलाई व्यवहारमा उतार्ने यही हो मौका ।

शुभकामना ।

महल सिं कुलुङ महाकुलुङ-05 सोलुखुम्बु लेख्नुहुन्छ ५ कार्तिक, २०७५ ११:०६ pm

म हाल B,ed clear गरेर बसेको छु।५/७ वर्ष शिक्षण पेशामा नि परिचरको रूपमा काम गरे।अब बिल्कुल व्यावसाय भन्ने सोचाइको साथ काठमाडौ बालाजु स्थित मेरिल्याण्डमा ब्यावसायिक सीपको लागि( १)कुखुरापालन ट्रेनिङ र सुगुर पालन सम्बन्धि हप्ता दिनको तालिममा पनि सहभागी भए अब म यो बङ्गुर पालन गर्ने मेरो योजनाको लागि सहुलियत लोणको आशमा छु।के कहाँ कसरी लिन सकिन्छ??

तपाईँको मत