सेवा

अस्थाई ट्राफिक प्रहरी पोष्ट प्रस्याङ कास्कीको उद्‍घाटन

कास्की ।  पोखरा महानगरपालिका-५ पर्स्याङमा पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि.सी. र ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले संयुक्त रुपमा पोखरा महानगरपालिकाको सहभागितामा निर्मित अस्थाई ट्राफिक प्रहरी पोष्ट प्रस्याङ कास्कीको उद्‍घाटन गरेका छन् ।

उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले सेतो टोपी र बेल्ट लगाई रात दिन जनताको सेवामा खटिने ट्राफिक प्रहरीलाई सेवा प्रवहामा थप सहजताका लागि भौतिकपूर्वाधार उपलब्ध गराईएको प्रति खुसी व्यक्त गर्दै प्रभावकारी प्रहरी सेवा प्रवाहमा थप टेवा पुग्ने कुरामा आफू विश्वस्त रहेको बताए। 

पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि.सी. ले  सवारी दुर्घटना न्यूकरण र व्यवस्थापन प्रहरी एक्लैको प्रयासवाट सम्भव नहुने भएकाले आम नागरिकले सहयोग गर्नुपर्ने कुरामा जोड दिए । 

कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी,  ४ नं. प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्याल, जिल्ला प्रहरी प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना लगायत अन्य प्रहरी अधिकृतहरु, उद्योग बाणिज्य संघका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

तपाईँको मत