दृष्‍टिकोण

दसैंको खान्की कस्ताे हुनुपर्छ ? अाेम बानियाँकाे दृष्‍टिकोण

ऐचोपैँचो, ऋणधन गरेरै भए पनि मीठो खानेकुरा जोहो गरेपनि सावधानी अावश्यक

सामाजिक पर्व ‘बडादसैं’ असुर शक्तिमाथि दैविक शक्तिको जितका रूपमा मनाइने चाड हो । यो चाड परिवारिक पुनर्मिलन र एकताको चाड पनि हो । यस चाडलाई राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा पनि लिइन्छ । त्यसैले यो पर्वमा निम्न वर्गका नागरिकले समेत ऐचोपैँचो, ऋणधन गरेरै भए पनि मीठो खानेकुरा जोहो गर्ने गर्छन् ।

अरू बेला मिठोमसिनो खान आर्थिक हैसियतले नभ्याउने धेरै नेपालीका लागि दसैं नै त्यस्तो चाड हो, जसमा धेरैको पेटमा मीठामीठा परिकार पर्ने गर्छन् । वर्षौभरि मीठोमसिनो खान पुग्नेले यो चाडमा खानेकुरामा अझै धेरै खर्च गर्छन् ।

माछामासु दसैंको प्रमुख आकर्षण बनेको छ । दसैंमा सबैभन्दा बढी खाइने खानेकुरा भनेकै माछामासु हो । त्यसैले दसैंको बेला माछामासुको खपत निकै चुलिन्छ । दसैंमा बढी खाइने मासुमा खसी, बोका, रांगा, बंदेल, भेडाच्यांग्रा, कुखुरा, परेवा तथा हांस पर्छन् । केही वर्षयता अस्ट्रिच तथा इमु जस्ता चराहरूको मासुको माग पनि बढ्दै गएको छ ।

माछामासु र स्वास्थ्य

माछामासु पौष्टिक दृष्टिकोणले पोसिलो खाना हो । तर, आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । त्यसैले स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खा“दा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु¥याउनुपर्छ । यदि माछामासु सेवनमा होसियारी नअपनाउने हो भने मासुकै कारण सयौं प्रकारका रोगको संक्रमणको खतरा हुन सक्छन् । रोगी पशु तथा फोहोर स्थानमा वध गरेको मासुमा विभिन्न रोगका कीटाणुको संक्रमण हुन्छ र त्यस्तो मासु राम्ररी नपकाईकन खा“दा मानिसमा रोगको जोखिम बढी हुन्छ । धेरै दिनसम्म फ्रिजमा राखेको बासी माछामासु पनि खानु जोखिमपूर्ण हुन्छ । धेरै घिउतेल तथा मसला हालेर पकाएको मासुले मुटु बिर्गान सक्छ । पोलेको मासु, छोयला, सुकुटी लगायतका परिकारहरूले पेटको क्यान्सरलगायतका खतरा बढाउन सक्छ ।

सामान्यतया स्वस्थ मानिसले ठिक्क मात्रामा स्वस्थ माछामासु खांदा शरीरलाई पोषण दिने भए पनि मिर्गौला, मुटु तथा कलेजोका रोगीहरूले मासु सेवन गर्नु निकै हानिकारक हुन्छ । दसैंमा माछामासुको साथै मदिरा, विभिन्न प्रकारका मिठाइ, दही, पनिर तथा घिउतेल पनि बढी खाइने हुंदा यस्ता पदार्थहरूले मुटुलाई समेत हानि पुर्याउँछ । त्यसैले माछामासुका साथै अन्य परिकार सेवनमा सावधानी अपनाउने र अरू समयमा जस्तै चाडबाडमा पनि सन्तुलित भोजन गर्ने, रातो मासुभन्दा सेतो मासु सेवन गर्ने हो भने खानपानका कारण देखा पर्ने स्वास्थ्य समस्याहरू कम हुन्छन् ।

रातो मासु

खसी, बोका, रा“गा, ब“देल तथा भेडा आदिको मासु रातो मासु हो । रातो मासुमा प्रोटिनका साथै फ्याभी एसिड पनि प्रशस्त मात्रामा हुन्छ । मासुमा भएको कोलेस्टेरोलले भन्दा यसमा भएको फ्याट्टी एसिडले स्वास्थ्यलाई बढी खराब गर्छ । त्यो किनभने शरीरभित्र कोलेस्टेरोल फ्याट्टी एसिडस“ग मिलेपछि मात्र खराब चिल्लो बन्छ त्यसैले मासु खा“दा चिल्लोमा विशेष ध्यान दिनुपर्छ । वयस्क तथा वृद्धहरूमा साधारणतया बढी स्वास्थ्य समस्या देखिने हुनाले रातो मासु खांदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

कतिपय समुदायमा आफ्नो परम्परा र धार्मिक मान्यताअनुसार रातो मासुलाई नै विशेष प्राथमिकता दिएको पाइन्छ । यस्तो स्थितिमा सकेसम्म कम परिमाण प्रयोग गर्नुपर्छ । दसैंमा पनि बिहान–बेलुकी गरेर २ सय ग्राम भन्दा बढी मासु खानु ठीक हुंदैन । मासु कम खाने र पकाउने विधिमा समेत विचार पुर्याउनुपर्ने हुन्छ । सकेसम्म मासुलाई बोसो निकालेर थोरै मात्र तेल प्रयोग गरी पकाउनु राम्रो हुन्छ । मासुलाई उसिनेर पकाउंदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ ।

सेतो मासु

सेतो मासु भन्नाले कुखुरा, परेवा, हांस तथा चराचुरुंगीहरूको मासु भन्ने बुझिन्छ । यस प्रकारको मासु प्रोटिनको उत्तम स्रोत हुनुको साथै रातो मासुको दांजोमा चिल्लो पदार्थ कम हुन्छ । चराको प्रकार, कुन अंगको मासु, पकाउने विधिअनुसार चिल्लोको मात्रा फरक फरक हुन्छ । टर्कीको छातीको छाला नभएको मासुमा १८ प्रतिशत चिल्लो हुन्छ भने सोही भागको कुखुराको छालारहित मासुमा २४ प्रतिशत चिल्लो हुन्छ । यसैगरी, छालासहित कुखुराको खुट्टा, पखेटा, साप्रोमा चिल्लो पदार्थ, कोलेस्टेरोल र क्यालोरीको मात्रा बढी हुन्छ ।

छाला निकालेको मासुलाई कम तेलमा पकाउँदा निकाल्दा फ्याट्टी एसिड कम हुन्छ । ग्रिल, बेकगरी मासु पकाएको छ भने खानेबेला मात्र छाला निकाल्दा राम्रो हुन्छ । किनकि, छालाले मासु नरम राख्नुका साथै फ्याट्टी एसिड पनि कम हुन्छ । तर, हांस, कुखुरा तथा अन्य चराचुरुंगीहरूको मासु प्रयोग गरी बनाएको ससेस, हटडग पनि स्वस्थकर हुंदैनन् ।

चराचुरुंगीको मासुमा रातो मासुको तुलनामा चिल्लो पदार्थ कम हुने भए पनि सबै चराचुरुंगीको मासु एकनासको हुंदैन । चराचुरुंगीहरूको आकार–प्रकारअनुसार चिल्लोपनाको प्रतिशत पनि फरक फरक हुन्छ । जस्तो कि कुखुरा र टर्कीको मासुमा झन्डै त्यति नै चिल्लो हुन्छ भने हांसको मासुमा चिल्लो बढी हुन्छ । जब कि अस्ट्रिच, इमु र परेवाको मासुमा चिल्लो, कोलेस्टेरोल र क्यालोरीसमेत कम हुन्छ । साधारणतया रातो मासुको तुलनामा सेतो मासु स्वस्थकर मानिन्छ । तर, सेतो मासु पकाउने विधि र खाने मात्रा ठीक भएन भने सेतो मासुले पनि स्वास्थ्यलाई असर गर्छ ।

माछा उत्तम

पौष्टिक र स्वास्थ्यको दृष्टिकोेणले मासुभन्दा माछा झन् पोसिलो हुन्छ । यसमा चिल्लो तथा फ्याट्टी एसिडको परिमाण कम हुनुको साथै प्रोटिन र भिटामिन जस्ता अति आवश्यक तत्व प्रशस्त हुन्छ । खासगरी, यसमा भिटामिन बी१, बी३, बी६ र भिटामिन डी प्रशस्त हुनुको साथै फसफोरस, आयोडिन, सेलिनियम, पोटासियम जस्ता खनिज तत्वपनि हुन्छन् ।

दसैंमा पनि बिहान–बेलुकी गरेर दुई सय ग्रामभन्दा बढी मासु खानु ठीक हुंदैन । मासु कम खाने र पकाउने विधिमा समेत विचार पुर्याउनुपर्ने हुन्छ । सकेसम्म मासुलाई बोसो निकालेर थोरै मात्र तेल प्रयोग गरी पकाउनु राम्रो हुन्छ । मासुलाई उसिनेर पकाउंदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ

यसबाहेक माछामा शरीरलाई अति आवश्यक तत्व ओमेगा थ्री फ्याट्टी एसिड पनि प्रशस्त हुन्छ, जसले रगतमा असल प्रकारको कोलेस्टेरोल बढाएर नराम्रो वा खराब कोलेस्टेरोल कम गरी मुटु स्वस्थ राख्न मद्दत गर्छ । ठूलो र मोटो खालको माछामा फ्याट्टी एसिड बढी हुन्छ भने सानो र मसिनो माछामा कम हुन्छ । यहां अर्को उल्लेखनीय कुरा के भने जुन आहार मुटुका लागि उपयुक्त हुन्छ, त्यो आहार मस्तिष्कका लागि पनि उपयुक्त हुन्छ । यही कारणले माछालाई ब्रेन फुड्स, सुपर फुड्स भन्ने गरिन्छ ।

त्यसैले सकिन्छ भने साताको दुईचोटि खानामा माछा, खासगरी म्याकेरल, हेरिङ, सार्डिनेज, टुना तथा सालमन समावेश गर्दा राम्रो हुन्छ । त्यसो त बदाम, जैतुनको तेल तथा आलसको तेलमा पनि प्रशस्त मात्रामा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ । मासुको तुलनामा माछा श्रेष्ठ भए पनि यदि माछा काट्दा, पखाल्दा र पकाउंदा सावधानी अपनाइएन भने स्वास्थ्यका लागि हानिकारक हुन्छ । माछा पनि बढी सेवन गर्नुहुंदैन । एक पटकमा सय ग्राम माछा खानु उचित हुन्छ ।

अस्ट्रिचको मासु

केही वर्षयता आमनेपालीको खानामा समावेश भएको मासु हो, अस्ट्रिचको मासु । अस्ट्रिचको मासु अन्य पशुपक्षीको तुलनामा केही महँगो भए पनि बढी स्वादिलो र स्वास्थ्यवर्धक हुने अध्ययनले देखाएको छ । अस्ट्रिचको मासुमा प्रोटिन्स, भिटामिन्स तथा मिनरल्सको मात्रा अन्य पशुपक्षीको तुलनामा बढी हुन्छ भने बोसोको मात्रा कम हुन्छ । तर, ओमेगा थ्री फ्याट्टी एसिड र ओमेगा सिक्स फ्याट्टी एसिडको मात्रा भने बढी हुन्छ ।

यसैगरी, भिटाभिन्स बी१, बी२, बी५, बी६, बी१२ तथा भिटामिन्स ई र सेलिनियमको मात्रा पनि बढी हुन्छ । जुन तत्वहरू मस्तिष्क, मुटु र शरीरका अन्य अंगहरूका लागि निकै पोसिलो र स्वास्थ्यवर्धक मानिन्छ ।

अस्ट्रिचको अन्डा

अस्ट्रिचको एउटा अन्डा कुखुराको २४ वटा अन्डा बराबर हुन्छ । मासुजस्तै अस्ट्रिचको अन्डा पनि स्वादिलो, पोसिलो र स्वास्थ्यवर्धक मानिन्छ । यो प्रोटिनको प्रमुख स्रोत हो भने यसमा शरीरका लागि हानिकारक मानिने सेचुरेटेट फ्याट्स र कोलेस्ट्रोलको मात्रा भने कम हुन्छ । कुखुराको अन्डाको तुलनामा यसको अन्डामा सोडियमको मात्रा पनि कम हुन्छ ।

पुछारमा,

अतः रातो मासुको तुलनामा सेतो मासु, सेतो मासुमा पनि अस्ट्रिच तथा इमुको मासु उत्तम हुन्छ भने माछा सर्वश्रेष्ठ हुन्छ । तर, अस्वस्थ माछा तथा माछा पकाउने विधि ठीक भएन भने माछाले पनि स्वास्थ्यलाई असर गर्छ । स्वस्थ खसीबोका, रांगा तथा कुखुरालगायतको मासु प्रेसर कुकरमा झोलिलो बनाएर मज्जाले पकाएर खानु उपयुक्त हुन्छ । बढी मासु खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन भने धेरै दिनसम्म फ्रिजमा राखेको वा भुटेर वा सुकुटी बनाएर राखेको मासु पनि संक्रमित हुने जोखिम भएकाले खानु राम्रो मानिँदैन त्यसैले दसैंतिहार जस्ता चाडपर्वमा होस् वा अन्य समयमा मासु खांदा उपर्युक्त कुराहरूमा ध्यान दिएको खण्डमा माछामासु शरीरका लागि पौष्टिक आहार बन्नेछ ।

राजधानी दैनिकमा प्रकाशित लेख साभार गरिएकाे हाे ।

 

तपाईँको मत