दृष्‍टिकोण

चाडपर्वको सकारात्मक मनोविज्ञान

जसरी भएपनि उपभोग गरेर मनाउनुपर्छ भन्ने मान्यता

नेपालको सांस्कृतिक परम्परा र विभिन्न जातजातिले मनाउने चाडपर्वहरुमा हिन्दु धर्मको प्रभाव रहेको पाईन्छ । हिन्दु धर्मको आधारग्रन्थ वेद हो र यसमापनि ऋग्वेद सर्वप्राचिन ग्रन्थ मानिन्छ । व्यक्तिको जीवनमा आएका विभिन्न मानसिक असहजता र तनावलाई कम गर्न यो मनको कुरा त्यो मनलाई अभिव्यक्त गरेर भावना साटासाट गरी मनको भारी हलुका गर्न सहयोग पुर्याउने माध्यम नै चाडपर्वहरु हुन् । चाडपर्वको आफ्नै मनोवैज्ञानिक, सामाजिक र सांस्कृतिक महत्व रहेको छ  । यसले गर्दा नै समाजमा मानिसहरूले परम्परागत ढंगबाट चाडपर्वहरू मान्दै आएका छन् । प्रत्येक वर्ष भाद्र महिनाको तीज सँगै नेपालीका चाडपर्व सुरु भएर होलीको पर्व सँगै समाप्त हुन्छन् ।

नेपालको राष्ट्रिय पर्व : दशैं
बडादशैं नेपालीहरुको ठूलो र सबैभन्दा लामो चाड नवदुर्गाको पूजासँगै सुरु भइसकेको छ  । यसपछि लगत्तै तिहार र तराई क्षेत्रमा मनाइने छठपर्वको रौनक सुरु हुन्छ  । सबैभन्दा ठूलो चाडका रूपमा रहेको बडादशैं लगायत अन्य चाडका आफ्नै मौलिक विशेषता र पराम्परागत महत्व रहेको छ ।  दशैँ पूर्वीय दर्शनको एउटा महान, धार्मिक, साँस्कृतिक तथा सामाजिक पर्व हो । नेपालमा धार्मिक तथा सांस्कृतिक रूपमा टीका थापेर मनाइने वा टीका नलगाउने, हिन्दु, बौद्धलगायत अन्य प्रायः धर्मावलम्बीहरूले दशैँलाई राष्ट्रिय उत्सवकै रूपमा मनाउने परम्परा छ । नेपालमा परम्परागत रूपमा मनाउँदै आएको दशैँ पर्वमा नारीशक्तिको पूजा गरिन्छ । दशैँमा पूजा गरिने नवदुर्गा देवीहरूलाई शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री नामले चिन्ने गरिन्छ । नवरात्रमा दुई वर्षदेखि १० वर्ष उमेरसम्मका नौवटी कन्या कुमारीलाई पूजागर्दा, भोजन गराउँदा र दानगर्दा यस लोकमा उन्नतिका साथै परलोक पनि सुध्रन्छ भन्ने मान्यता छ । देवीहरूलाई हाम्रो धर्मशास्त्रमा विभिन्न प्रतिकका रूपमा बुझाइएको छ । शास्त्रमा शैलपुत्रीलाई पर्वतपुत्री पार्वती भनी बुझाइएको छ, ब्रह्मचारिणीलाई ब्रह्मचर्ययुक्त नारीकारूपमा मान्दै शुद्धता र ओजको प्रतिककारूपमा लिइएको छ । चन्द्रघण्टालाई चन्द्रमाको सौन्दर्यका रूपमा, कुष्माण्डालाई कुभिन्डोको रूपमा प्रस्तुतगर्दै वनस्पतिको प्रतिकका रूपमा लिइएको छ  । स्कन्दमातालाई मातृस्वरूप नारीहरूको प्रतिकका रूपमा, कात्यायनीलाई तन्त्रमन्त्र र अन्य विभिन्न शक्तिको स्वरूप, कालरात्रिलाई तमोगुणकी प्रतिकका रूपमा, महागौरीलाई महान चरित्रयुक्त र आदर्श नारीको प्रतिकका रूपमा र सिद्धिदात्रीलाई हरेक किसिमका कार्यसिद्धिको प्रतिकका रूपमा वर्णन गरिएको छ  । 

दशैँमा पूजा गरिने नवदुर्गा देवीहरूलाई शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री नामले चिन्ने गरिन्छ ।

दशैँले समाज वा व्यक्ति विशेषमा रहेका वर्षभरिको रिस, राग बिर्सने, पारिवारिक जमघट हुने, सँगै एकै ठाउँमा टीकाटालो र खानपान गर्ने पर्व भएकाले पनि यसको छुट्टै मनोवैज्ञानिक, सांस्कृतिक र सामाजिक महत्व छ । यसले आपसी सद्भाव बढाउनमा सकारात्मक भूमिका खेलेको छ । दशैँ पर्वलाई असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दानवतामाथि देवताको, अमानवतामाथि मानवताको, अधर्ममाथि धर्मको, शत्रुमाथि मित्रताको, निराशामाथि आशाको र विछोडपछि मिलनको पर्वका रूपमा दशमी पर्वको महत्व रहेको छ । यस पर्वमा आफूभन्दा ठूलाबडाको हातबाट रातो टीका र पहेँलो जमरा लगाएर आशिर्वाद लिने गरिन्छ । 

चाडपर्व र सकारात्मक मनोविज्ञान 
नेपालमा चाडपर्वले व्यक्तिको मनोसामाजिक सुस्वास्थ्यमा के–कति र कस्तो असर पार्छन् भन्ने सवालमा गहन अध्ययन भएको जस्तो देखिँदैन । यस सम्बन्धमा मनोवैज्ञानिक तथ्यांकहरू पनि पर्याप्त उपलब्ध छैनन् । नेपालमा चाडपर्वमा खुसियालीका साथै सांस्कृतिक पक्ष पूरा गर्न आयको क्षमतन भएपनि चाडपर्वका बेला जसरी भएपनि उपभोग गरेर चाडपर्व मनाउनुपर्छ भन्ने मान्यताले व्यक्तिको मनोसामाजिक सुस्वास्थ्यमा सकारात्मक प्रभाव हाम्रो समाजमा रहेको छ ।

सकारात्मक मनोविज्ञानका संस्थापक माटिन सेलिङ्गमैनको पीइआरएमए मनोवैज्ञानिक सुस्वास्थ्यको सिद्धान्त अनुसार, जीवनमा खुसी र समृद्धिका पाँच महत्वपुर्ण तत्वहरु सकारात्मक भावना/संवेग, संलग्नता, सम्बन्ध, अर्थपुर्णता, र उपलब्धि हुन्छन् । सकारात्मक मनोविज्ञानले व्यक्तिको जीवनमा उपयुक्त भूमिकाको उजागर गर्नको लागि सकारात्मक भावनाहरू, संवेगहरु, चरित्र शक्तिहरू, र सकारात्मक मानव कल्याण र आनन्दको सेवागर्दै उपयुक्त जीवन निर्माण गर्ने संस्थाहरूको अध्ययनक्षेत्रको रूपमा परिभाषित गरिएको छ । 

हाम्रा चाडपर्वले सकारात्मक भावना बढाउने सहज वातावरण निर्माण गर्न सहयोग मिल्छ । पर्वमा आत्मियताका साथ भावाना साटासाट गरेर हामी अतीतको बारेमा हाम्रो सकारात्मक भावना बढाउन सक्छौं (जस्तै, कृतज्ञता र क्षमादिएर) त्यस्तै वर्तमानबारे हाम्रो सकारात्मक भावना (उदाहरणका लागि, शारीरिक र मानसिक आनन्द प्राप्त गरेर) र भविष्यको बारेमा हाम्रो सकारात्मकभावना (जस्तै, निर्माण गरेर आशा र आशावाद) । चाडपर्वले खासगरी सम्बन्धहरू विस्तार गर्न संलग्नतामा जोड दिन्छ । चाडपर्वमा संलग्नता एक अनुभव हो जसमा कसैले कुनै चुनौतीपूर्ण कार्यकालागि आफ्नो क्षमता, बल, र ध्यानलाई पूर्णतया समायोजन गर्न मद्धत गर्छ । संलग्नतालाई गतिविधिको विस्तृत विविधतामा अनुभवगर्न सकिन्छ । उदाहरणका लागि एक राम्रो कुराकानी, एक कार्य, किताब, लेखन, बागवानी, खेलकुद प्रशिक्षण, एक संगीत वाद्य बजाउन सहयोग गर्ने ।

चाडपर्वले खासगरी सम्बन्धहरू विस्तार गर्न संलग्नतामा जोड दिन्छ । चाडपर्वमा संलग्नता एक अनुभव हो जसमा कसैले कुनै चुनौतीपूर्ण कार्यकालागि आफ्नो क्षमता, बल, र ध्यानलाई पूर्णतया समायोजन गर्न मद्धत गर्छ ।

सम्बन्धहरू मनोसामाजिक सुस्वास्थ्यकोे आधारभूत तत्व हो । हाम्रा चाडपर्वमा खासगरी सम्बन्धहरू विस्तार गरी आफ्नोपन वृद्धि गर्न सहयोगी सिद्ध भएका पाईन्छन् । अनुभवहरू जसले सुस्वास्थ्यमा योगदान पुर्याउँदछ प्रायः हाम्रो सम्बन्धको माध्यमबाट जोडिएको छ । उदाहरणको लागि, ठूलो आनन्द, अर्थ, हाँसो, सम्बन्धको भावना, र उपलब्धिमा गर्व आदि । अरूसँगको पारस्परिक अन्र्तवैयक्तिक सम्वन्धले जीवनमा उद्देश्य र अर्थ दिन सक्छ । अनुसन्धानले अरूकोलागि दयालु कार्यहरू गर्दा मनोसामाजिक सुस्वास्थ्यमा वृद्धि हुन्छ भन्ने देखाएको छ । अरू चाडमा भन्दा दशैँकोबेला शिक्षा र रोजगारीका लागि सहरी क्षेत्रमा बसोवास गरिरहेका मानिसहरू ग्रामीण क्षेत्रतर्फ जाने गर्दछन् । यसले आत्मियतामा बढावा पाउने अवसर पाउँछ  । जसलाई व्यक्तिले आफ्नो उपलब्धि भएको मान्छ  ।  मान्छे आफ्नै कामको लागि उपलब्धि, क्षमता, सफलता, र महारत को काम गर्दछ जस्तै कार्यस्थल, खेल, शौक (जुवातास, मनोरञ्जनात्मक क्रियाकलाप) आदि ।

चाडपर्वले मनोसामाजिक सुस्वास्थ्यमा फाईदाहरु
चाडपर्वले मनोसामाजिक सुस्वास्थ्य कायम राख्न सहयोग गर्छ । चाडपर्वले व्यक्तिको जीवनमा आशावादको लहर सिर्जना गर्छ । अध्ययनले देखाउँछ कि आशावादले निराशावादको तुलनामा धेरै फाइदा गर्छ, जसमा कम उदासिनता र चिन्ता, विद्यालय, खेलकुद, र काममा राम्रो प्रदर्शन गर्ने, विद्यालयबाट बाहिर निस्कने जोखिम कमहुने, राम्रो शारीरिक स्वास्थ्य परिणाम, कम बिमार हुने, हृदय रोग कमहुने , कम मृत्यु दर जोखिम, र सर्जरीबाट छिटो रिकभरी आदि । अनुसन्धानले देखाएको छ कि मनोसामाजिक सुस्वास्थ्य वास्तविक संसारको परिणामहरूमा उपयोगी छ । उच्चस्तरको मनोसामाजिक सुस्वास्थ्यले व्यक्तिहरूमा

  • काममा राम्रो प्रदर्शन गर्न
  • अधिक संतोषजनक सम्बन्ध राख्न
  • अधिक सहयोगीभावनाको विकास गर्छ 
  • बलियो प्रतिरक्षा प्रणालीहरू हुन्छ । 
  • राम्रो शारीरिक स्वास्थ्यहुन्छ
  • लामो अबधि सम्म बाँच्न सहयोगी हुन्छ ।
  • हृदयरोगको कारण हुने मृत्युमा कम
  • निन्द्राको समस्याहरूमा कमी
  • बर्नआउटको स्तरमा कमी
  • अधिक आत्मसंयम हुन
  • सकारात्मक सामना गर्ने सीपमा वृद्धि

चाडपर्वले मनोसामाजिक सुस्वास्थ्य कायम राख्न सहयोग गर्छ त्यसैले यसलाई समाजमा परम्परागत शैलीमा नै मनउदायसको सकारात्मक उपलव्धि प्राप्तगर्न सकिन्छ र व्यक्तिको जीवनमा आशावादको लहर सिर्जना गर्छ । उपभोक्तावादी संस्कृति हाबीहुँदै गइरहेको वर्तमान अवस्थामा सक्नेले चाडपर्वमा तडक–भडकका साथखर्च गर्ने पनि गर्दछन् । तीजको समयमा एक महिनाभन्दा बढी समयसम्म दर खाने नाममा पार्टीहरू आयोजना गरिन्छन् । त्यसैले समाजमा देखिएका चाडपर्व मनाउने गलत तरिका र अस्वस्थ प्रतिस्पर्धा निरुषहित गदै मनाउने गर्यौँ भने सबैको मानसिक स्वास्थ्य राम्रो राख्न सहयोग  पुर्याउँछ जसले समग्र समाजको कल्याण गर्दछ ।

लेखक मनोविज्ञान सम्प्रदाय नेपालका अध्यक्ष एवम् त्रिचन्द्र कलेज घण्टाघरमा अध्यापन गराउँछन् । 

तपाईँको मत