दृष्‍टिकोण

बलात्कार, अपराधी प्रवृति र मनोविज्ञान

अस्वस्थ समाजको ‘बाइ–प्रोडक्ट

  • २७ असोज शनिबार, २०७५ | ०९:४५:०० मा प्रकाशित

८ महिनाको दूधे बालिकादेखि ९१ वर्षिया हजुरआमा, गर्भवती महिलादेखि महिनावारी भएकी युवतीसम्म बलात्कृत भइरहेका छन । घरबाट साथीकहाँ पढ्नका लागि भन्दै गएकी कञ्चनपुर, महेन्द्रनगरकी १३ वर्षिय किशोरी निर्मला पन्तलाई बलात्कारपछि हत्या गरिएको अवस्थामा अर्धनग्न शव उखुबारीभित्र भेटियो । ३ मंसीर २०७४ मा ललितपुरको गोदामचौरमा भएको सामुहिक बलात्कारपछि वेहोश अवस्थामा  फेला परेकी युवतीको सातदिन पछि होस खुलेको थियो । 

बलात्कार अस्वस्थ समाजको ‘बाइ–प्रोडक्ट’ हो । नेपाल प्रहरी अपराध अनुसन्धान विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष (आव) २०७३/७४ मा ११३१ महिला बलात्कृत भए । आव २०६४/६५ मा ३०९ र आव २०५४/५५ मा १८१ र घटना प्रहरीकोमा दर्ता भएकोमा २० वर्षमा यो आँकडा झण्डै १० गुणाले बढेको देखिन्छ । नेपालमा दैनिक औसतमा बलात्कारका तीन घटना भएको तथा २०७०/७१ देखि २०७३/७४ अवधिमा ६७४ जना १० वर्षमुनिका बालिका बलात्कृत भएको देखिन्छ । अर्थात् प्रत्येक दुई दिनमा एक जना १० वर्षमुनिका बालिका बलात्कृत भइरहेका छन् । प्रहरीको पछिल्लो तथ्यांकअनुसार ६० प्रतिशत आफन्तबाट, २० प्रतिशत छिमेकी र २० प्रतिशत बाहिरी व्यक्तिबाट बलात्कृत हुने गरेको पाइन्छ ।

अपराधको प्रकृति
अपराध मानव व्यवहारकै एउटा अंश हो । त्यसैले यसको अस्तित्व मानव अस्तित्व सँगै गासिएको छ । समाज, समाजिक ढाँच, रहनसहन परिवर्तन हुदै जाँदा अपराधको प्रकृति अपराध गर्ने ढाँचमा पनि परिवर्तन हँुदै गएको देखिन्छ । प्राचिनकालमा अपराध ठहरीने कुरा समयको परिर्वतन सँगै अपराध नठहरीने भएकोले अपराधको सम्वन्ध देश काल परिस्थितिसित तादात्म्य रहेको छ । अपराध  समाज विरोधि कार्य हो । अपराधको प्रकृति हेरेर यसलाई निम्न ५ भागमा विभाजन गरेको पाईन्छ । सापेक्षदायित्व, निरपेक्ष दायित्व, पीडित पक्ष विहिन अपराध, लुकेको अपराध र श्वेतग्रीवी अपराध । मनसाय र कार्यको समायोजनमाहुने सबै अपराधहरु सापेक्ष दायित्वको श्रेणीमा पर्दछन् । हत्या चोरी, बलात्कार र आगजनी जस्ता सबै अपराधहरु यसै अन्र्तगत पर्दछन् ।

साधारण व्यक्तिमात्रै होइन, पढे–लेखेका, बुझेका जस्ता देखिने पनि यस्ता स्वभावका हुन्छन् । केही हदसम्म असामाजिक स्वभावका हुने यस्तै व्यक्तिले श्रीमतीलाई ‘यौनको वस्तु’का रूपमा बुझ्ने गर्छन् । 

कुनैपनि अपराधमा संलग्न व्यक्तिलाई अपराधी भनिन्छ । सुधार सम्भाव्यताका आधारमा अपराधीलाई पेशेवर अपराधी, ईश्र्या पिडित अपराधी, आवेग प्रेरित अपराधि, मनोरोगी अपराधी, अवसर उन्मुख अपराधी, पछुतो पीडित अपराधी र बालदुराचारी अपराधी भनेर वर्गीकरण गर्न सकिन्छ । 

समाजशास्त्री दुर्खीम भन्दछन्, अपराध समानको  सहज व्यवहार हो । समाज रहेसम्म अपराधको पनि अस्तित्व रहिरहने छ । जसरी शरिर रहेसम्म रोगको अस्तित्व रहिरहन्छ । त्यसैले समाजमा अपराधको दर निम्न रहेसम्म आत्तिनु पर्ने कुनै कारण छैन किनकी त्यो त समाजको  स्वभाविक स्थिति हो तर समाजमा अपराधको दर वर्षेनी वृद्धिहुदै गयो भने समाज अस्वस्थ भएको मान्न सकिन्छ जुन चिन्ताको विषय हुन सक्छ  । 

अपराधीको मनोविज्ञान
आत्मचेतनाको  स्तरले अपराधीको मनोविज्ञानमा सकारात्मक परिवतन गर्ने हो भन्ने बुझ्न जरुरी छ । बलात्कारजस्तो जघन्य अपराध मानिसको मानसिकतामा परिवर्तन नल्याएसम्म रोक्न सकिँदैन । कसैलाई हानि पुर्याउनु हुँदैन भन्ने एकले अर्कालाई बुझाउन सके समाजमा चेतना फैलिन्छ । अपराध गर्दाको समय अपराधीले त्यो बुझेको हुँदैन । सामाजिकरूपमा बिरामी भएको हुनाले उसलाई सुधार गर्न सकिन्छ भनी वैकल्पिक र सुधारोन्मुख सजाय दिइन्छ । 

पुरुषप्रधान समाजमा मैले जे गरे पनि ठीक भन्ने सोचाइको कारणले पनि अपराधी प्रवृति बढेको छ । जसलाई मनोविज्ञानमा बोर्डरलाइन पर्सनालिटी डिसअर्डर(बीपीडी) र इमोसनल अनस्टेबल पर्सनालिटी डिसअर्डर (ईयुपीडी) पनि भनिन्छ । यस्ता व्यक्तिले लागूऔषधको प्रयोग वा मदिरा सेवनपनि गर्छन जसले उसलाई ‘अग्रेसिभ’ बनाउँछ ।

बलात्कार गर्ने पनि कतिपयको  विखण्डित पारिवारिक, गलतबानी–व्यवहार भएका अभिभावकबाट हुर्किएकाहरूमा यस्तो समस्या देखिन सक्छ । स्वभाव किशोरावस्थादेखि साथीहरूलाई दुःखदिने, त्यसबाट आफू खुशीहुने, आफ्नो व्यवहारप्रति आत्मग्लानि नहुने खालको हुन्छ । उसले आफूलाई बलियो, शक्तिशाली तथा हठी देखाउने गर्छ । साधारण व्यक्तिमात्रै होइन, पढे–लेखेका, बुझेका जस्ता देखिने पनि यस्ता स्वभावका हुन्छन् । केही हदसम्म असामाजिक स्वभावका हुने यस्तै व्यक्तिले श्रीमतीलाई ‘यौनको वस्तु’का रूपमा बुझ्ने गर्छन् । 

बलात्कार अस्वस्थ समाजको ‘बाइ–प्रोडक्ट’ हो । अस्वस्थ समाजको मुहानविकृत राजनीति हो । विकृत राजनीतिले अस्वस्थ समाजलाई मलजल गर्छ र सभ्यता धमिल्याउँछ । धमिलिएको सभ्यतामा पीडितको मनोबल कमजोर हुन्छ भने पीडकको उच्च ।

बलात्कारको जरोमा इन्टरनेटको लतको कारणले भर्चुअल र डिजिटल यौनमा आदि हुँदै गएको पुस्ता जैविक र वास्तविक यौन सम्बन्धसँग असन्तुष्ट हुँदै गएको छ भने यस्ता फिल्मका दृश्यहरूले व्यक्तिमा हीनता, कुण्ठा तथा आवेशहरूमा वृद्धि गर्यो । परिणामस्वरूप शरीर र मन एक हुने कोमल र प्राकृतिक यौनसम्बन्ध रुखो, आवेगपूर्ण कृत्रिम र हुँदै गयो । बलात्कारको जरोमा ती फिल्मका प्रभाव हावी छ । बलात्कार अस्वस्थ समाजको ‘बाइ–प्रोडक्ट’ हो । अस्वस्थ समाजको मुहानविकृत राजनीति हो । विकृत राजनीतिले अस्वस्थ समाजलाई मलजल गर्छ र सभ्यता धमिल्याउँछ । धमिलिएको सभ्यतामा पीडितको मनोबल कमजोर हुन्छ भने पीडकको उच्च ।

बलात्कारको सिकार पीडितमा देखिने समस्याहरुःबलात्कारको आघात सिंड्रोमः’ बलात्कारको आघात सिन्ड्रोम’ चिकित्सा शब्द हो जसले जीवित बलात्कार गर्न बलात्कार गर्दछ । यो आघातजन्य घटनापछिको तनाव विकार जस्तै हुन्छ । 

रोकथामका उपायहरु
बलात्कारको सिकार पीडितमा देखिने समस्याहरुःबलात्कारको आघात सिंड्रोमः’बलात्कारको आघात सिन्ड्रोम’चिकित्सा शब्द हो जसले जीवित बलात्कार गर्न बलात्कार गर्दछ । यो आघातजन्य घटनापछिको तनाव विकार जस्तै हुन्छ ।

बलात्कारको सिकार हुनु पीडितको गल्ती होइन । यस्तो घटनाबाट पीडितलाई हुने मनोवैज्ञानिक पक्षको क्षति अकल्पनीय हुन्छ । पीडितलाई भएको क्षति, विशेषगरी शारीरिक तथा मानसिक क्षतिलाई कमगर्न परिवार, आफन्त र समाजले संवेगात्मक सहयोग प्रदानगर्दै सक्रिय सुनाईको माध्यमबाट महत्वपूर्ण भूमिका खेल्नुपर्छ । तर हाम्रो समाजमा उल्टै पीडितलाई दोष लगाउने, पीडकसँगै पीडितको विवाह गराउने, पीडित वा पीडककै परिवारलाई लाञ्छना लगाउने जस्ता कार्य गर्दा यसले पीडितलाई विभिन्न प्रकारका मनोवैज्ञानिक समस्याहरु  र्सिजना गर्ने गर्दछ । मनोविज्ञसम्म आइपुग्ने कतिपय केसमा पीडितले घरपरिवारमा समेत आफ्नो पीडा भन्न सकेका हुँदैनन । कतिपय डिप्रेसनमा पुगेका बालबालिका लिएर अभिभावक आइपुग्छन पढाइ बिग्रियो, एन्जाइटी भयो, एक्लै बस्छ, असामान्य व्यवहार देखाउँछ । मनोविमर्शको क्रममा विस्तारै ती बालबालिका खुल्न थाल्छन जसको मुख्यकारण बलात्कारको घटना हुन्छ । 

कसैले कतै जाउँ भन्नसाथ खुरुखुरु हिँड्ने होइन, अभिभावकसित अनुमति लिने अभ्यास गराउनुपर्छ । कसैले दिएको खानेकुरा अभिभावकलाई सोधेर मात्र खाने बानी गराउनुपर्छ । कामविशेषले टाढा जानु परेमा विश्वासिलो मान्छेको मात्र साथ लाग्न सिकाउनुपर्छ ।

अविभावकले आफ्नो बच्चाह्रुको ख्याल राख्ने जस्तै उनीहरु कहाँ गएका छन, कोसँग गएका छन, किनगएका छन भन्ने कुरामा निगरानी गर्न अभिभावक सर्तक हुनुपर्छ । साथै आफ्नो बच्चालाई पनि सर्तक गराउनुपर्छ । खेल्ने समय तालिकाअनुसार कतिबेर खेल्छ भन्ने कुरा याद गर्नुपर्छ । कसैले कतै जाउँ भन्नसाथ खुरुखुरु हिँड्ने होइन, अभिभावकसित अनुमति लिने अभ्यास गराउनुपर्छ । कसैले दिएको खानेकुरा अभिभावकलाई सोधेर मात्र खाने बानी गराउनुपर्छ । कामविशेषले टाढा जानु परेमा विश्वासिलो मान्छेको मात्र साथ लाग्न सिकाउनुपर्छ ।

बालबालिकाको स्वाभाविक र अस्वाभाविक यौन विकासको बारेमा परिवारमा मनोशिक्षा प्रदान गर्नु आवश्यक छ । यौन शिक्षा परिवारबाटै दिनुपर्छ जसमा शिक्षक र अभिभावकको बराबरी भूमिका हुन्छ । जबसम्म हामी बच्चालाई सानैदेखि ‘गुड टच’ र ‘ब्याड टच’बारे सिकाउँदैनौं, बच्चापछि गएर कुनैै रूपमा पीडित हुनसक्ने सम्भावना हुन्छ । 

यस्ता घटना न्यूनीकरण गर्न अविभावक, मनोविद, नागरिक, प्रहरी प्रशासन, जनप्रतिनिधिहरू तथा शिक्षासेवीको कस्तो महत्वपुर्ण भूमिका हुन्छ । संवेदनशीलता र सहयोगी व्यवहारले बलात्कारमुक्त समाज निर्माण गर्न सकिन्छ । आफू निर्वाचित समाजमा शान्ति र सुशासन कायम गर्ने पहिलो कर्तव्य जनप्रतिनिधिको हो । उनीहरूले आफ्नो टोल वा वडामा शान्ति र सुशासन कायम गरी बलात्कारजस्तो जघन्य अपराध न्यूनीकरण निम्ति सरोकारवालासँग सहकार्य गरी टोल, वडा र नगरलाई महिलामैत्री बनाउने कार्यक्रम ल्याउनु पर्दछ । 

अध्यक्ष, मनोविज्ञान सम्प्रदाय नेपाल ।

तपाईँको मत