समाज

कोइलावासको रामजानकी मन्दिर ओझेलमा

  • २६ असोज शुक्रबार, २०७५ | १०:४१:०० मा प्रकाशित

दाङ । पर्यटनको राम्रो सम्भावना बोकेको दाङको धार्मिक सम्पदा रामजानकी मन्दिर ओझेलमा परेको छ । करीब आठ दशक पहिले निर्माण भएको साविक कोइलावास गाविसमा पर्ने गढवा गाउँपालिका–८मा रहेको रामजानकी मन्दिर नेपालको जनकपुरपछिको दोस्रो स्थानमा पर्ने बताइन्छ । 

मन्दिर व्यवस्थापन तथा प्रचारप्रसार नहुँदा ओझेल परेको कोइलावासवासीले बताएका छन् । सन् १८८५ मा निर्माण भएको सो रामजानकी मन्दिरमा पहिले आन्तरिक तथा बाह्य पर्यटक आउने गरे पनि हाल पर्यटक न्यून रहेको हुन थालेको छ । 

मन्दिरमा पहिले दैनिक एक सय बढी भारत तथा नेपालका अन्य स्थानबाट पर्यटक आउने गर्थे, हाल पर्यटक शून्यप्राय रहेको स्थानीय फरिद सिद्धिकीले बताए । 

मन्दिरमा पहिले शरद पूर्णिमा र कृष्ण जन्माष्टीमा कृष्णलीला सात दिनसम्म धुमधामका साथ मनाउने गरिन्थ्यो भने रुकुम, रोल्पा, दाङ, सल्यान र प्यूठानल तथा भारतका विभिन्न ठाउँबाट दर्शनार्थी आउँथे । मन्दिरमा हाल नान्हकप्रसाद शुक्लाले दैनिक पूजापाठ र संरक्षण गर्नुहुन्छ । कुनै बेला नेपालको मुख्य नाकाका रूपमा रहेको कोइलावासमा दैनिक पाँच सयदेखि ७५० मानिस त्यहाँ टाढाटाढाबाट नुन, तेल किन्नका लागि जाने गर्दथे । रासस

तपाईँको मत