समाज

दशैँको तेस्रो दिन, चन्द्रघण्टा नामले दूर्गा माताको पूजा

काठमाडौँ । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा नामले दूर्गा माताको पूजा गरिन्छ । देवीको मस्तकमा चन्द्राकार घण्ट सुसोभित भएका कारण उनलाई चन्द्रघण्टा भनिएको हो । यिनलाई वीर रसको अपूर्व शक्ति मानिएको छ । चन्द्रघण्टा देवीको रुपको पूजाले मनुष्यले राक्षसी तथा भुत प्रेत शक्तिबाट उन्मुक्ति पाउने विश्वास छ । 

तेस्रो शक्तिको पूजा आरधनाले शरीरमा तेजको सन्तुलन र सूर्यको तेजबाट प्रज्ञावान हुने मनिन्छ । आजपनि पूजापछि दूधबाट बनेको पदार्थ प्रशाद लगाउनाले सम्पूर्ण दुख नासहुने मानिन्छ ।

अाजपनि देशका विभिन्न शक्तिपीठहरुमा घुइँचो लाग्ने गर्दछ ।
 

तपाईँको मत