दृष्‍टिकोण

मिसावटले गाँजेको पर्व : कालोबजारी, मुल्यवृद्धि र कार्टेलिङ उस्तै 

बजारमा उपभोक्ताहरू पाइला पाइलामा ठगिनेक्रम अझै बढ्दै गएको छ । हुँदा-हुँदा मिसावट नभएको वस्तु तथा उत्पादन पाउन गाह्रो पर्न थालेको छ । यो चाडवाडको मौसममा झनै मिसावटयुक्त वस्तुको छ्याप्छ्याप्ती खुलेआम बिक्रीबितरण भैरहेका छन् । व्यवसायीको बद्मासी, बदलामा प्रशासनको कारबाही सामान्य बन्दा बजार अनियन्त्रित बन्दै गएको छ । यही कारणले गर्दा कालोबजारी, मुल्यवृद्धि र कार्टेलिङ बढ्न गएको छ ।

बेसनको पिठोमा प्यारालाइसिस् गर्ने तत्व, प्रशोधित पानीमा रोग सर्ने किटाणु, दुधमा कोलिफर्म, सोडा र कम गुणस्तर, बनस्पती घीउमा एसिड, गरगहनामा छलकपट र कम क्यारेट, तरकारीमा विशादीको प्रयोग, ब्राइलरको कुखुरालाई अनाधिकृत सुइको प्रयोग, नापतौलमा ठगी जस्ता अनेकन् ठगी र बद्मासी निरन्तर बढ्नुले सुधार सँकेतको आशा न्यून हुँदै गएको छ । फेरी बजार यहि समय पारेर चलायमान हुने भएकोले पनि जनशक्तिको अभाव देखाउँदै अनुगमन निकायको शुन्यता छाउँदा बजार नमज्जाले बिग्रीएको छ ।

दसैँ-तिहार जस्ता पर्वहरू सद्भाव र भाइचारा वृद्धिसँगै खुसी साटासाटको पर्व हो । दुःखलाई थोरै भएपनि खुसीमा बदल्दै आगामी सफल दिनको प्राप्तिको सँगम गर्ने चाड हो । हरतरहले मान्नुपर्ने यो पर्वमा यसपटक विपत्तका चोइटा, राजनीतिक सँक्रमण सहित महँगीलेपनि उत्तिकै थिचेको छ । लगातारका बन्द, हड्ताल, कालोबजारीले व्याप्तता, बजार निरीक्षणको अप्रभावकारीता जस्ता विविध कारण बजार बिग्रीएको छ । यसकारण चाडपर्वलाई जत्ति नै सामाजिक र धार्मिक कुरा उठाइएपनि वित्तीय स्रोतको अभावमा सम्भव हुँदैन । यसको मतलव् चाडबाडको मेरुदण्ड नै आर्थिक पाटो भन्न सकिन्छ । किनकी दह्रोे स्रोत-साधनको अभावमा चाड मान्न सकिँदैन । सामाजिक प्रक्रियालाइ साथ दिन ऋण काढेरै भएपनि चाडपर्वलाई टार्नैपर्ने वाध्यता हामी माझ परम्परा नै बनिसकेको छ । यति ठूला चाडहरू भएपनि अनुगमन र निरीक्षण पाटोमा न्यूनता छाउँदा मिसावट र जालसाजी जस्ता नकारात्मक कुराहरूले स्थान जमाउँदै गएको छ ।

पर्वसंगै बढेको अस्तव्यस्त यातायातले केही स्थानहरूबाहेक अन्य ठाउँहरूमा सेवामा नयाँ शैलीमा प्रगति देखिएन । नयाँ सवारीसाधन थपिएका छैनन् भने टिकटको असहजता विद्यमान छ । टिकट बुकिङ, सेवामा लापरवाही, समयको ढिलासुस्ती, ठगी, अराजकता छ्याप्छ्याप्तीले निरन्तरता पाएको छ । टिकट बुकिङ्ग पहिले नै बन्द गरिएका थिए भने रहेका सिटहरूमा मनोमानी व्यापक देखिएको छ । सिट माग्दा आफ्ना ग्राहकहरूले अग्रिम बुकिङ गरेर सकिएको अपर्याप्त सूचना दिन पछि परेका छैनन् । टिकट बुकिङ्ग खुलेकै समय सकिएको जानकारी दिनुले यस क्षेत्रमा रहेको बिकृत सेवा प्रणालीमा सुधार नआएको स्पष्ट झल्कन्छ । अर्कोतिर संधैजसो भरिभराऊ हुने आन्तरिक हवाइसेवामा अगाडिनै टिकट भरिएकाे अवस्था छ । यसले न बजार नियन्त्रित भएको छ न अन्य क्षेत्र नै । यसका बाबजुद् चाड मान्नैपर्ने वाध्यताले जनता सास्तीको भागिदार बन्न पुगेका छन् ।

ठुला पर्वहरूले स्थान जमाउँदै गर्दा देशको आर्थिक पक्षमा नसोचेको चलायमान आइरहन्छ । खर्चको हिसाव गर्ने हो भने ठुलो हिस्सा यी ठूला पर्वमा हुने गर्दछ । देशको कुल जनसंख्याको लगभग् ८१ प्रतिशत भन्दा बढीले यो चाड मान्ने कारणपनि बजार यससमयमा तात्ने गर्दछ । सकिनसकी टाढा टाढाका इष्टमित्रहरू एक आपसमा खुसी साट्दै आशिर्वाद लिन भेला हुने गर्दछन् । भेटघाटले आन्तरिक पर्यटनमा धेरै ठुलो मद्दत गरेको कुरामा पनि दुइमत हुन सकिन्न । अर्थतन्त्रमा सुधारका संकेतहरू यसबेला देखिने गर्दछन् भने व्यापार पनि राम्ररी फस्टाउने गर्दछ । वाध्यताले गर्दापनि जमघटमा कुनै कमि रहँदैन, खर्चमा कुनै साँध-सीमाना नै हुँदैन । यहि कारण पनि बजारमा बेतिथि हुर्किएको पाइन्छ ।

यस्ता चाडहरूले टाढा-टाढा रहे/भएका इष्टमित्रहरूलाई एकैठाउँमा केन्द्रीत गर्ने, रिस-राग भए मेटाउने प्रयास गर्ने हुनाले पनि यसको छुट्टै सामाजिक-धार्मिक महत्व रहेको छ । अरु मौसममा बिप्रेषणको मात्र घटेपनि यो बेला केही बढ्न गएको छ, तर पहिलेको प्रतिशतमा भने होइन । मानिसको गतिशिलतासँगै स्थानीय क्षेत्रमा विशेष वस्तु तथा अवश्यकता अनुसार प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । पर्वको आगमन सँगै सुनसान् गाउँहरू देशी-विदेशी मानिसहरूले झकिझकाऊ हुँदै गएका छन् । परम्परागत वस्तु तथा उत्पादनसँगै हराएका आफन्तजनको प्यास पर्वको माध्ययमले पूर्नआगमन् हुने गर्दछन् । यस समयमा अार्थिक क्रियाकलापहरूमा उसैपनि वृद्धि छाउँछ ।

यसो गर्न सकियो भने मात्र चाड पनि मान्ने, ऋण पनि नलाग्ने, मिसावटी हट्ने र सद्भावको निरन्तरतामा कमी नहुने छाँट देखिन्छ । तर, सरकारकाे उदाशिनताले मिसावटले झनै व्यापकता पाएकाे छ ।

आधुनिकताले झपक्क छोपेकाले त्यहि शैलीलेजरा गाड्दै जाँदा परम्परागत प्रविधि र मौलिक उत्पादनहरूको मागमा आशातित् वृद्धि छाउन सकेको छैन । निश्चित समय यसले स्थान जामाएपनि उक्त प्रविधिको संरक्षणमा भएको अग्रसरता न्युन रहेको छ । दसैँमा भूइँ छाड्नुपर्छ भन्ने परम्पराले गर्दा पनि हुनसक्छ पिङको सँख्यामा कटौति भएपनि लगाउन भने छाडिएको छैन । जति टाढा नै भएपनि त्यसको मज्जा लिनकै लागि मानिसहरू एकै ठाउँमा भेला हुने गरेकाछन् । भएका दुखः सुख साटासाट गर्दै मनोरञ्जनमा परिणत गर्दछन् र एकक्षणलाई भएपनि आनन्द प्राप्त गर्दछन् । यसले भातृत्व र भाइचाराको सम्बन्धमा महत्वपूर्ण थप योगदान लाई वढाउन मद्यत गरेको छ । यहि आत्मीय पर्वलाई फाइदाको रुपमा प्रयोग गर्ने व्यक्ति र सँस्थाको आगमन्ले भने दसैँलाई दशामा परिवर्तोन्मूख गराइदिएको छ भन्दा फरक नपर्ला ।

दसैँ र तिहार जस्ता पर्वको मौका छोपी क्रृत्रिम अभाव नेपालमा नौलो विषय रहेन । यसले निरन्तरता पाएकै छ किनकी मुल्यमा मनपरितन्त्र लादेको विभिन्न तथ्यहरू हामीमाझ ताजै छन् । त्यस कुरालाई मध्येनजर गर्दै सरोकारवालाहरूले बजार निरीक्षण कार्यलाई योबेला झन सावधानीका साथ अगाडि बढाउन सकेका छैनन् । धर्म, सँस्कृतिलाई जगेर्णा गर्ने बहानाको फाइदा भेटघाट र चहलपहललाई बनाउन दिनु हुँदैन बजार अस्तव्यस्त पार्नु हुँदैन, महङ्गीलाई नियन्त्रणमै राख्नसक्नुमा राज्यको अहम भूमिका हुनुपर्दछ भन्ने कुरा विर्सेका छन् । छिट्टै खाउँ जलि मरौँ भन्ने गलत भावनालाई हावी हुन दिनुहुँदैन । विकृतियुक्त प्रवृतिलाई पाखा लगाउँदै सद्भावका साथ दसैँ मनाउन पाउने वातावरण बनाउन सक्नुपर्दछ । आर्थिक गतिविधि बढ्दैगर्दा हुनसक्ने जोखिमताको ख्याल गर्दै ज्यानै बिगार्ने र आर्थिक रुपमा पनि भड्किलो गतिविधिलाई निरुत्साहीत गर्दै पर्व मनाउनु पर्दछ । यसो गर्न सकियो भने मात्र चाड पनि मान्ने, ऋण पनि नलाग्ने, मिसावटी हट्ने र सद्भावको निरन्तरतामा कमी नहुने छाँट देखिन्छ । तर, सरकारकाे उदाशिनताले मिसावटले झनै व्यापकता पाएकाे छ ।

उसैपनि वस्तुको उपलब्धता र गुणस्तरमा बारम्बार तमासा बनेको यो समयमा यस्तापर्वमा बढ्ने गलत कार्यको विरोध नहुनु विडम्वना भएको छ । बन्द र हड्ताल गराएर, चन्दा मागेर, कमीशन खाएर अर्थात प्रायोजक खोजेर आफ्ना माग पुरा गर्ने देशमा को कति सुरक्षित र अधिकारमुखी हुनसक्छ ? तपाइँ हामी अवस्य जानकार छौँ । यहि मौकालाई चौकामा रुपान्तरण गर्ने, अभाव देखाएर मिसावट र आर्थिक फाइदा लुट्ने गलत प्रवृतिलाई नियन्त्रण गर्नु अपरिहार्य छ । यस कार्यमा गाउँ, नगर, जिल्ला, क्षेत्र र केन्द्र सबै तात्नुपर्ने समय आएको छ । किनकी गलतलाई सत्य जबसम्म भनिन्छ यस्ता कुतत्वले राज गरिरहनेछन्, जसको अन्त्य अनिवार्य शर्तभित्र पारिनुपर्दछ । 
 

तपाईँको मत