दिगोविकास

केबलकारबाट समृद्धि

पूनःपरिभाषित गर्दै चन्द्रागिरि

विश्वमाझ सवारीका अनेक विलासी यन्त्रहरूको आविस्कार र परीक्षण छाइरहँदा विकासोन्मुख देशहरूमा भने केबलकारले आम मानिसहरूको ध्यान भर्खरै मात्र केन्द्रित गर्न थालेको छ । खुल्दै र बन्द हुँदै गरेका यस्ता आयोजनाहरूमा उच्च प्रविधि र लगानीमा यस्ता व्यवसायको पुनःसुरुवात गरिनु आफैँमा सराहनीय छ । इच्छा र प्रतिश्पर्धाले केबलकारको आगमनले आज कुना कन्दराहरूमा हाँसो छाएको छ भने आयस्रोतको तौलदार माध्यमको रुपमा परिचय फेर्दै गएको छ ।

केबलकारको आगमन अघि घिर्लिङ्ग अर्थात रोपवे चल्तिमा थियो । सामानको ढुवानीसँगै समाजमा आएको परिवर्तनले मानिसको आवतजावतमा सहजता ल्याउन केबलकारको महशुष गरियो । सन् १८३४ मा जर्मनका चिन्तक अल्बर्टले रोपवे प्रणालीको विकास गरे जुन आज विश्वभर गत्तिलो सवारी—ढुवानीमा परिचित बनेको छ । विश्वको सबैभन्दा लामो फोर्सबाई—कोपिङ लाइमस्टोन केवल वे स्वीडेनमा छ जसको लम्बाई ४२ किलोमिटर रहेको थियो ।

केबलकारको आगमन अघि घिर्लिङ्ग अर्थात रोपवे चल्तिमा थियो । सामानको ढुवानीसँगै समाजमा आएको परिवर्तनले मानिसको आवतजावतमा सहजता ल्याउन केबलकारको महशुष गरियो ।

रोपवेको इतिहासलाई सन् १८३४ अघि र पछि दुइभागमा बाँडेर हेर्न सकिन्छ । पछिको सन्दर्भमा सन् २ अगष्ट १८६९ मा फ्रान्सियन एन्ड्रयु स्मिथ हलिडाइले सन फ्रान्सिस्को क्ले स्ट्रीटमा पहिलो केबलकारको सुरुवात गरेका थिए । यहि प्रयासनै केबलकार शब्दको विश्वव्यापकता बन्यो । १८ औँ शताब्दीबाट सुरु भएको रोपवे यात्रालाई आज आएर सामान ढुवानी बाहेक मानिस आवतजावतको भरपर्दो माध्यमको रुपमा विकसित गरिएको छ ।

विशेषगरी दुर्गम इलाकाहरूमा जहाँ आवतजावतमा कठिनाइ हुन्छ त्यहाँ रोपवेको अपरिहार्यता हुन्छ । ग्रामीण स्थानहरू जहाँ भूगोलले साथ नदिएको हुन्छ, त्यहाँको पहुँचतामा वृद्धि गर्ने अभिप्रायले रोपवेको महशुष गरिएको पाइन्छ । यहि रोपवेको कारण वस्तु तथा सामानको पहुँचता, समयको बचत, छिटो र छरितो सेवाको लागि पछिल्लो समय रोपवे अर्थात केबलकारको माग र स्थापना बढ्दै गएको छ । आज आएर केबलकारको सहयोगमा गाउँ र सहरको सम्बन्धमा वृद्धि छाएको छ भने स्तरमापनि उत्तिकै प्रगति देख्न सकिएको छ ।

नेपालमा रोपवे भन्नेबित्तिकै श्री ३ चन्द्रशमशेर राणातर्फ फर्कनुपर्ने हुन्छ । उनले विक्रम सम्बत १९२२ मा घोर्शिङ—चिसापानी—चन्द्रागिरि पार गरि काठमाडौँसम्म २२ किलोमिटर कार्गो रोपवेको शुरुवात गरेका थिए । यसको विम्बका रुपमा खम्बा र तारहरू अझैपनि छँदैछ । त्यसपछि वि.सं. १९६४ मा त्यहि रोपवेको दुरीलाई अमेरीकी सँस्था युएसएडको आर्थिक र प्राविधिक सहयोगमा बढाएर ४२ कि.मी. पु¥याइएको थियो । यो रोपवेले काठमाडौँ र हेटौँडा हुँदै तराईका भागहरूमा सम्पर्क विस्तारमा कोशेढुंगा सावित गरिदिएको थियो ।

चन्द्रागिरि केबलकार स्थापनासँगै काठमाडौँ, मकवानपुरका मानिसहरू बढी लाभान्वित हुने नै भए त्यो सँगै छोटो समयमा अब्बल पर्यटकीय क्षेत्रको रुपमा देशभर लोकप्रिय बन्न पुगेको छ ।

नवौँ पञ्चवर्षीय योजनाले रोपवे क्षेत्रमा निजी क्षेत्रको सहभागितालाई जोड दिएसँगै सल्वलाएको केवल यात्राले राष्ट्रिय बजेटमा रोपवे विकासको प्रावधानलाई समावेश भने गरेन । भट्टेडाँडा—बारपाक र मनकामनाले सफलता देखाएपनि यातायात कर्मचारीहरूले ग्रामीण अर्थतन्त्रमा दुर्गम क्षेत्रदेखि बजार सम्बन्ध विस्तारमा सारथी नबनेको निष्कर्श निकाल्नसम्म भ्याए । तर, निजी क्षेत्रहरूले भने रोपवे विकासमा अझ जुझारु भएर इच्छा व्यक्त गर्नुले भविश्य भएको आँकलन भने गर्ने ठाउँ अझै देखिन्छ, जुन निरन्तर छ । देशभित्र रोपवेको सम्भाब्यता लेखाजोखा नभएका पनि होइनन् तर अधिकाँश अधुरा बन्न पुगेका छन् । अचानक दुइवटा सामान ढुवानी रोपवे भट्टेडाँडा र बरपाक अनि एक मनकामना केबलकारमात्र बने । दुर्गम गाउँहरूको उच्च गाउँको सूचीमा परेको कारण यी केबलकार निर्माण भएको थियो ।

देशभर केबलकारका लागि फुलचोकी, काठमाडौँ, खप्तड, रामारोशन, शुर्मासरोवर, बढीमालिका, सिद्धार्थ, बुटवल, मान्मा, कालिकोट, धुलिखेल, काभ्रे, स्वर्गद्वारी, प्युठान, रेसुङ्गा, गुल्मी, पोखरासँगै नयाँ केही सम्भाव्यता सम्पन्न गरिएका स्थानहरू हुन् । केही स्थानका काम अगाडि बढेका छन् भने अधिकाँश सुरु नै भएका छैनन् । आयोजनाको सुरुवातसँगै तिनको अन्त्यका लागि सरकार, राजनीतिक दलहरू, स्थानीय जनता कुनैपनि कारणले वाधा उत्पन्न नगराई समयमै सम्पन्न गराउनेतर्फ लाग्ने हो भने गाउँ र सहरको विकासमा रोपवे तथा केबलकार ओखती सावित हुने महशुष गरिएपनि कार्यलाई गन्तव्यमा पुर्याउन सकिएको छैन । 

मनकामना केबलकार प्रा. लि. ले सन् १९९८ बाट १ हजार ३ सय २ मिटरको चितवनको कुरिनटारदेखि गोर्खाको मनकामना मन्दिरसम्म केबलकार सञ्चालन गरेको थियो । व्यवसायिक हिसावले हेर्ने हो भने यो नै प्रथम केबलकार थियो । यस्तै सन् २०१३ फेब्रुअरीबाट रोपवे र केबलकार प्रा.लि. ले पर्वत उद्योग वाणिज्य सँघको सहकार्यमा कुस्मा—बलेवा यान्त्रिक पुल कम्पनीको सहयोगमा ६०० मिटर लामो कुस्मा—बलेवा केबलकार सम्पन्न गरी सेवा सुरु गरेको थियो । दैनिक १ हजार व्यक्ति क्षमता रहेको यो पुलबाट प्रत्यक्षरुपमा ३० हजार जनसँख्यालाई फाइदा पुर्याएको छ । यसरी नै २५४० मिटरको चन्द्रागिरि हिल्सले सञ्चालन गरेको केबलकार काठमाडौँको थानकोटबाट चन्द्रागिरि डाँडामा सन् २०१६ मा स्थापना गरिएको छ । चन्द्रागिरि केबलकार स्थापनासँगै काठमाडौँ, मकवानपुरका मानिसहरू बढी लाभान्वित हुने नै भए त्यो सँगै छोटो समयमा अब्बल पर्यटकीय क्षेत्रको रुपमा देशभर लोकप्रिय बन्न पुगेको छ ।

दुर्गम गाउँ तथा बाटोघाटो घुमाउरो हुने स्थानहरूमा आवतजावतका लागि सस्तो र वातावरणप्रेमी केबलकार कोशेढुँगा प्रमाणित भएको छ । गाउँको मात्र नभएर ठुला सहरहरूमापनि स्वच्छ वातावरणमा केबलकारको विकास अपरिहार्य बन्दै गएको छ । हेपिएको क्षेत्र गाउँ जसको समृद्धिमा केबलकारको बढ्दो मागलाई सम्बोधनमा अब ढिलाइ गरिनुहुँदैन । यातायातको सुविधाका अन्य माध्यम नभएको स्थानहरूमा कम्तिमा केबलकारको स्वादले ५ तारे सुविधाको महशुष गराउने भएकोले पनि ग्रामीण विकासमा केबलकार अब अनिवार्य सर्तभित्र राख्नुपर्दछ ।

ठुलो लगानी, विद्युतको अभाव, प्राविधिक कठिनाइ र पूर्वाधार निर्माणमा असहजता जस्ता विभिन्न समस्यालाई समाधान गर्दै जानसके केबलकारबाट दिगो विकासको यात्रालाई भरपूर सहयोग पुग्नसक्ने कुरामा अब दुइमत रहन्न ।

उसैपनि विकासोन्मुख राष्ट्र, सामाजिक, साँस्कृतिक र भौगोलिक जटिलताका कारण दिनकै लडाइँ गरिरहेको अवस्थामा सहजताका निम्ति नै यस्ता विकास योजना ल्याउनु जरुरी बनेको छ । मुखले सँघीयता र पुनसँरचनाका गफहरूले बजार तताएपनि अफैँ गर्नसक्ने प्रयासमा अझैपनि हामी चुकिरहेको परिवेश छँदैछ । विश्व विकास रफ्तारमा दौडिरहेको परिपेक्षमा तुइनलाई विस्थापित गर्ने योजना बनाउने मात्र होइन, बनेकालाई कार्यान्वयनमा अब एक इन्च ढिला नगर्नुपर्ने समय आएको छ । स्थापीत र सम्भावित केबलकार आयोजनाहरूको पहिचान, छनौट र समस्यालाई समाधान गर्दै यस व्यवसायलाई दिगोपनको टेको लगाउनुपर्ने देखिएको छ ।

ठुलो लगानी, विद्युतको अभाव, प्राविधिक कठिनाइ र पूर्वाधार निर्माणमा असहजता जस्ता विभिन्न समस्यालाई समाधान गर्दै जानसके केबलकारबाट दिगो विकासको यात्रालाई भरपूर सहयोग पुग्नसक्ने कुरामा अब दुइमत रहन्न । महँगो र लगानीलाई थोरै समयमा उठाउने रणनीतिपनि घातक बन्न सक्नेकुरालाई केबलकार सञ्चालकपनि ध्यान दिनु उत्तिकै जरुरी देखिएको छ । खानपान, गुणस्तर र सरल मुल्यमा वितरण पक्षलाई पहिलो सर्तमा राखिनु प्रथमत् पक्ष बनेको देखिन्छ ।

चन्द्रागिरिले सिकाएको पाठ यतिमात्र होइन, यसले केबलकारको कथालाई पूनःपरिभाषित पनि गरिदिएको छ ।

स्थानीय तथा केन्द्रको सेतु बन्दै नयाँ पर्यटकीय स्थानको जन्मसँगै आय आर्जनमा अहम भूमिका खेल्नसक्ने यो व्यवसायमा थप लगानी बढाउनैपर्ने देखिन्छ । आखिर चाहना हुँदा पहाडमा पनि सुविधायुक्त वस्तुको उपलब्धता गराउनसकिने कुरालाई शिरोधार गर्दै जानसके केबलकारले सम्पुर्ण मुहार फेर्ने निश्चित छ । चन्द्रागिरिले सिकाएको पाठ यतिमात्र होइन, यसले केबलकारको कथालाई पूनःपरिभाषित पनि गरिदिएको छ । यस क्षेत्रको विकासका लागि राज्यले छुट्टै विभाग खडा गरेर रोपवे तथा केबलकारको विकासमा मन, ध्यान र लगानीको सुरक्षा प्रदान गर्नु जरुरी देखिन्छ । 

रूद्रप्रसाद भट्टराई

तपाईँको मत