विद्युत

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

  • ४ भदौ सोमबार, २०७५ | १९:१४:०० मा प्रकाशित

रसुवा । निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण गर्ने कार्य आजदेखि सम्पन्न भएको छ ।

राष्ट्रिय प्राथमिकताअन्तर्गत रहेको उक्त आयोजनाको चार हजार १८५ मिटर मुहानदेखि विद्युत्गृहसम्म पानी ल्याउने हेडरेस सुरुङ आज बिहान सूर्योदयभन्दा अगाडि ‘ब्रेक थ्रु’ गरिएको उक्त आयोजनाका प्रमुख छवि गैह्रेले बताए । 

“आयोजनाको सबैभन्दा गाह्रो काम सुरुङ थियो, अब मुख्य भूमिगत सुरुङको निर्माणले निर्धारित समय सन् २०२० को फेबु्रअरीभित्र १११ मेगावाट विद्युत् उत्पादन भइसक्छ”, उनले भने । रु १३ अर्ब ६४ करोडको लागतमा सन् २०१४ देखि निर्माण शुरु भएकोे आयोजना प्रमुख गैह्रेले जानकारी दिए । 

आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न ३३ प्राविधिकसहित ७०० भन्दा बढी कामदार कार्यरत रहेको बताइएको छ । 

तपाईँको मत