गाउँ सहर

यौनजन्य दुव्र्यवहार र अपराधका घटना न्यूनीकरण गर्न विशेष सुरक्षा नीति

  • ४ भदौ सोमबार, २०७५ | १६:५९:०० मा प्रकाशित

भद्रपुर ।  केही समययता यौनजन्य दुव्र्यवहार र अपराधका घटना वृद्धि भएकाले त्यसको नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा नीति अपनाएको छ । 

अपराधका घटनामा प्रभावकारी रूपले अनुसन्धान गरी कानूनी दायरामा ल्याउन, अपराध तथा आपराधिक प्रवृत्तिलाई निरुत्साहित गर्न र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनका लागि एक महिने विशेष सुरक्षा नीति अपनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उक्त नीति कार्यान्वयनका लागि २८५ प्रहरी खटाइएको जानकारी दिँदै प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले भने, “यौनजन्य घटना र त्यसका कारक तत्वबारे विवरण सङ्कलन गरी विश्लेषण गर्ने, घटना हुने वा हुनसक्ने ठाउँ पहिचान गरी निगरानीका जनशक्ति परिचालन गर्ने हाम्रो उद्देश्य हो ।” 

उनले यौनजन्य घटनामा सम्लग्न अभियुक्तलाई तत्काल पक्राउ गरी हदैसम्मको सजायका लागि प्रभावकारी अनुसन्धान गर्न, पीडितका आफन्त र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन र सम्भावित पीडक पहिचान गरी निगरानी गर्न सादा पोशाका ५०, मोटरसाइकल गस्ती गर्न १००, तलासीलिन ३५, पैदलगस्ती गर्न ३५ र अनुसन्धान गर्न १५ प्रहरी रहने बताए । 

जिल्लाभरका इलाका प्रहरी तथा चौकीबाट परिचालन हुने व्यवस्थाको नेतृत्व प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले गर्नुहुने र अन्य सबै गतिविधिको परिचालन र अनुगमन प्रहरी उपरीक्षक ढकाल आफैं गर्नेछ । 

उपरीक्षक ढकालले यस्ता क्रियाकलापले आपराधिक मनस्थितिका व्यक्ति निरुत्साहित हुने र यौनजन्य घटना विरुद्ध आम नागरिक थप क्रियाशील भएर आपराधिक घटनामा कमी आउने अपेक्षा गरिएकोे बताए ।रासस 

तपाईँको मत