सडक/यातायात

पुल बाढीले भत्कापछि अवरुद्ध पासाङल्हामु राजमार्ग अझै खुलेन

  • ४ भदौ सोमबार, २०७५ | १६:१०:०० मा प्रकाशित

नुवाकोट । विदुर नगरपालिकास्थित गेर्खुखोलाको पुल बाढीले भत्काएपछि अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालन गर्न अस्थायी डाइभर्सन बनाउने काम धमाधम भइरहेकोले मङ्गलबारसम्म सञ्चालन हुन सक्ने भएको छ । 

पुल भत्केपछि खोलाबाट अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गराउन काम भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताए । विदुर–१ र १० जोड्ने गेर्खुखोलाको पुल आइतबार बिहान बाढीले भत्काएको थियो । 

छिमेक जिल्ला रसुवा जाने वैकल्पिक सडक पनि नुवाकोटको मनकामनामा पहिराले अवरुद्ध गरेकाले दर्जनौंँ सवारीसाधन रोकिएको छ । पुल भत्किएपछि गोसाइँकुण्ड जनैपूर्णिमा मेलाका तीर्थयात्री प्रभावित भएका छन् । तीर्थयात्री पुल पारि अर्को सवारीसाधन परिवर्तन गरी गन्तव्यतर्फ गइरहेका छन् ।रासस

तपाईँको मत