स्वास्थ्य

नयाँ बानेश्वरमा “बृहत निशुल्क स्वास्थ्य शिविर — २०७५” सम्पन्न

  • ४ भदौ सोमबार, २०७५ | १०:३२:०० मा प्रकाशित

काठमाडौँ । "टोल टोलमा प्रहरी अभियान" अन्तर्गत सामुदायिक सेवा समिति वडा नं १० को कार्यालय, लाखेचौर, नयाँ बानेश्वरमा “बृहत निशुल्क स्वास्थ्य शिविर - २०७५  सम्पन्न भएको छ । 

भाद्र २ गते शनिबार को दिन भएको कार्यक्रमका सभापति, टोल न ६ का संयोजक श्री कल्याण अधिकारी, प्रमुख अतिथि माननीय सभासद श्री दीपेन्द्र श्रेष्ठ, विशेष अतिथि कामनपा- १० का वडा अध्यक्ष राम कुमार केसी, विशेष अतिथि महानगरीय प्रहरी बृत प्रमुख, प्रहरी नायब उपरीक्षक श्री गोविन्द राज काफ्ले, सामुदायिक सेवा समिती कामनपा वडा न.-१० का पदधिकारीहरु र समाजका वुद्धिजीविहरुको उपस्थिती थियो । 

निशुल्क स्वास्थ्य शिविरमा १२०० भन्दा बढी व्यक्तिहरु सहभागि हुनुका साथै चार सय पाँच जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका थिए ।

तपाईँको मत