पत्र-पत्रिकाबाट

महामन्त्री कोइरालको गुनासो : स'भापतिले मेरै कुरा सुन्न छाड्नुभयो'

  • ४ भदौ सोमबार, २०७५ | ०७:१४:०० मा प्रकाशित
फाइल तस्बिर
विराटनगर  कांग्रेस महामन्त्री शशांक कोइरालाले पछिल्लो समय सभापति शेरबहादुर देउवाले आफ्ना कुरा सुन्न छाडेको बताएका छन् । पार्टीलाई एक बनाएर अघि बढाउनका लागि आफूले सभापतिलाई साथ दिए पनि अब आजित भइसकेको उनले बताए ।
 
प्रजातान्त्रिक विचार समाजले आइतबार आयोजना गरेको एक कार्यक्रममा उनले भने, ‘मेरै कुरा पनि सुन्न छाड्नुभयो, महासमिति बैठक बोलाउनुस् भनेर पटक–पटक भनें तर मान्नुभएन । ‘विधान मस्यौदा समितिका लागि नाम दिनुस् भनेर देउवाजी र रामचन्द्रजी दुवै जनालाई धेरैपटक भनें, अहिलेसम्म दिनुभएको छैन ।’
सभापति देउवाको साथ दिँदा धेरैले देउवाको मान्छे भनेको गुनासो गर्दै उनले भने, ‘म न देउवाको मान्छे हुँ, न त पौडेलको ।’ आफ्नो लक्ष्य कसैको मान्छे बन्ने भन्दा पनि पार्टीलाई एक बनाउने रहेको उनको भनाइ थियो । ‘एमाले र माओवादी मिलेर एक हुन सक्छन् भने एउटै पार्टीका नेता किन एक हुन सक्दैनन् रु हेर्दै जानुहोस् म यो पार्टीलाई एक बनाउँछु ।’ उनले अहिलेकै तालले भदौमा महासमिति बैठक बस्न नसक्ने बताए । ‘भदौमा किन बस्दैन भन्ने प्रश्नको उत्तर म दिन सक्दिनँ तर असोज पहिलो साताभित्र भने पक्कै बस्छ,’ उनले भने ।
 
कार्यक्रममा केन्द्रीय सदस्य शेखर कोइराला भने सभापति देउवाप्रति निकै आक्रोशित देखिए । ‘मलाई त सभापतिको वार्निङ भइसकेको छ,’ उनले भने, ‘तर म सत्य कुरा बोल्न छाडदिनँ । म्याक्सिमम के गर्नु हुन्छ, पार्टीबाट निकाल्नु हुन्छ रु निकाल्नुहोस्, मलाई डर छैन ।’ पार्टी गुट–उपगुटका कारण होइन, गिरोहका कारण लथालिंग भएको उनको भनाइ थियो । भदौभित्र महासमिति बैठक सम्पन्न नभए देउवाको नेतृत्व विफल भएको ठहरिने उनले बताए ।
 
देउवाले विधान लत्याएर तदर्थवादमा पार्टी चलाएको आरोप उनको थियो । ‘रामचन्द्रजीका ३ र आफ्ना ४ जनालाई प्रदेशको सभापति बनाएर तदर्थ समिति बनाउने रे,’ उनले प्रश्न गरे, ‘शेखरले किन भाग नपाउने रु’ महाधिवेशन प्रतिनिधिको मतदानबाट प्रदेश समिति चयन हुनुपर्ने उनको भनाइ छ ।
 
त्यसअघि बुद्धिजीवी, प्राध्यापक, चिकित्सक र पार्टीका जिल्लास्तरीय नेताहरूले दुई कोइरालामध्ये एक जनालाई आगामी महाधिवेशनमा नेतृत्व लिने गरी अघि बढ्न आग्रह गरेका थिए । उनीहरूले दुवैलाई मिलाउन अर्का नेता कृष्ण सिटौलालाई आग्रह गरे । कार्यक्रममै कोइरालाद्वयले नेतृत्व लिने विषयमा स्पष्ट जवाफ दिएनन् तर कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले दुईमध्ये एक जना सभापतिको उम्मेदवार हुने दाबी गरे । ‘शेखर दासँग कुरा भइरहेको छ । हामी दुईमध्ये एक जना सभापतिको उम्मेदवार बन्नेमा शंका छैन,’ उनले भने, ‘तर म कि दा भन्ने अन्तिम टुंगो लाग्न बाँकी छ ।’ उम्मेदवारीका विषयमा सुजाता, शेखर दा र आफूबीच पटक–पटक कुरा भएको उनले बताए ।
 
दुई कोइरालाले बोल्नुअघि नै बोलेका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सभापति आफ्नै कारणले विवादमा तानिएको आरोप लगाए । ‘देउवाजीको समय अब डेढ वर्ष छ, विधानअनुसार महाधिवेशन लम्ब्याएर एक वर्ष थप्न सक्नुहोला,’ उनले भने, ‘तर यो अढाई वर्ष हामी पनि चुप लाग्दैनौं ।’ कान्तिपुर दैनिकमा खबर छ । 
 
तपाईँको मत