खेल

एशियाड फुटबलमा नेपालको खराब प्रदर्शन, समूहचरणबाटै बाहिरियो

  • ३ भदौ आइतबार, २०७५ | २१:५३:०० मा प्रकाशित
goalnepal.com
काठमाडौँ । अठारौँ एसियाली खेलकूद (एशियाड) को पुरुष फुटबलमा नेपाल लगातार तेस्रो हार बेहार्दै समूह चरणबाटै बाहिरिएको छ ।
 
समूह ‘डी’ मा रहेको नेपाल आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।
नेपालले खेलको एघारौँ मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । पाकिस्तानका युनास सहाबाजले आफ्नै पोष्टमा गोल गरेपछि नेपालले अग्रता लिन सफल भएको थियो ।
 
पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले ५५ मिनेटमा गोल खान पुग्यो । पाकिस्तानका युसाफ अहमेदले बराबरी गोल गरेका थिए । ७१ औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै पाकिस्तानका कप्तान श्रद्दाम हुसेनले पाकिस्तानको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल पाकिस्तानले जित्यो ।
योसँगै नेपालले समूहका सबै खेल गुमायो । पहिलो खेलमा नेपाल साउन २९ गते जापानसँग १–० ले पराजित भएको थियो भने साउन ३१ गते भियतनामसँग २–० गोलले पराजित भएका थिए ।
तपाईँको मत