स्वास्थ्य

यो हो श्वास लिने सही तरिका, बानी पार्नुहोस्

  • ३ भदौ आइतबार, २०७५ | २१:२१:०० मा प्रकाशित
Always ladies

काठमाडौँ । हामी जीवनमा हरेक चिजमा ध्यान दिन्छौँ तर श्वासमा दिँदैनौँ । हामीलाई लाग्छ कि श्वास आफैँ जान्छ-आउँछ । श्वास आउन पनि सक्छ तर त्यो पूरा हुँदैन । हामीले कोशिष गरेर सही तरिकाबाट श्वास लिने आदत बनाउनु पर्छ । यस्तो गर्न सकिएन भने हाम्रो ‘जीवनको गुणात्मकता’ खराब हुने गर्छ ।

हामी सही तरिकाबाट श्वास लिइरहेका छौँ कि छैनौँ यो पहिचान गर्न सजिलो तरिका छ । अहिले तपाइँ श्वास भर्नुहोस अनि हेर्नुहोस कि तपाइँको पेट भित्र गइरहेको छ कि बाहिर । कम्मर सिधा गरेर बस्नुहोस् । फेरी पेटमा हात राख्नुहोस् । श्वास लिने र निकाल्ने सँगै पेटपनि बाहिर र भित्र जान्छ । ध्यानपूर्वक जाँच गर्नुपर्छ ताकि पेटमा केही किताब राख्नुहोस् । किताबको माथि-तल जाँदा श्वासको अन्दाज लगाउन सकिन्छ ।

यदी श्वास भर्ने बेलामा पेट बाहिर जान्छ भने तपाइँ ठिक तरिकाबाट श्वास लिँदै हुनुहुन्छ । तर यदी पेट भित्र जान्छ भने गलत । यही तरिकाबाट श्वास निस्कने समय पेट भित्रीतर्फ जानु जरुरी छ । तर जब श्वास लिइन्छ त्यसबाट लंग्स फैलन्छ । बिल्कुल त्यस्तै जस्तो कि हावा भरिएको बेलुन फैलन्छ । श्वास बाहिर निकालिन्छ भने लंग्स सुकेको हुन्छ । त्यसरी नै जबसम्म श्वास लिने को तरिका मुलायम हुँदैन यसमा ध्यान दिनुहोस उनीहरुको पेट श्वास लिनेबेला भित्र जान्छ र छोड्दा बाहिर हुन्छ । यस्तो बढी तनावको कारण हुन्छ । यो अवस्थामा छाती साह्रो हुन्छ र स्नायु प्रणाली कडा भएर माथी जान्छ । यसले पेट बाहिर जाने गर्छ । यो गलत तरिका हो यसले लंग्स र हार्टमा दवाव पर्न सक्छ ।

अब प्रश्न उठ्न सक्छ जब श्वास लंग्सबाट लिइन्छ भने पेट भित्र वा बाहिर किन जान्छ ? यसको जवाफ हुन्छ कि पेट वा लंग्सको बिच स्नायु प्रणाली हुन्छ । यो कारणले लंग्सबाट श्वास लिने या निकाल्नेमा पेट बाहिर वा भित्र हुने गर्छ । नवभारत टाइम्सको सहयोगमा
 

तपाईँको मत