दिगोविकास

आइएमई लाइफ इन्स्योरेन्स दोस्रो वर्षमा प्रवेश

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायिक कारोबार विधिवतरुपमा सञ्चालन भएको एक वर्ष पुरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरि प्रथम वार्षिकोत्सब मनाएको छ ।

वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले छोटो अवधिमा पनि बजारमा प्रतिस्पर्धात्मक उपस्थिति देखाएको बताए ।

अर्यालले चालु आ.व.२०७५/७६ मा समेत उल्लेख्य शाखा विस्तार गरि सेवाग्राहीको पहुँचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको व्यवस्था तथा उत्प्रेरणा हुने खालको नीति तर्जुमा गरिने र जीवन बीमा व्यवसायमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवं उत्प्रेरक विविध प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने जानकारी गराए ।

त्यसै गरि कम्पनीले आगामी दिनमा सबैको लागि पहुँच हुने, लाभदायक तथा नवतिम् थप बीमा योजनाहरु ल्याइने जनाएको छ । कम्पनीले नियमनकारी निकाय श्री बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्रक्रियाहरु पूरा गरि सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताएको छ ।

कम्पनी सञ्चालन भएको १ वर्ष भित्रनै कम्पनीको सुखद् एवम् सफलतामा सहयोग पुर्याउने नियमनकारी निकाय बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, सरोकारवाला सम्पूर्ण निकायहरु, सञ्चालक समितिका सदस्यहरु, संस्थापक शेयरधनी महानुभावहरु, कर्मचारीहरु, अभिकर्ताहरुप्रति कम्पनीले हार्दिक धन्यवाद एवम् कृतज्ञता ज्ञापन गरेको छ ।

व्यवसाय  सुचारु भएको प्रथम वर्षमा नै कम्पनीले देशका सातै प्रदेशका विभिन्न ५० स्थानमा शाखा कार्यालयहरु स्थापना गरि बीमा सेवा पुर्याउदै आएको छ । कम्पनीले यस आर्थिक वर्ष २०७५/७६ मा समेत ४५ शाखाहरु विस्तार गरि बीमाको पहुँच तथा सेवामा गुणात्मक देन दिने योजना तर्जुमा गरेको छ । कम्पनीले आव २०७४/७५ मा रु. ५३.५० करोड बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत