कला

अनुभव

HuffPost
सेतो कागज अनि कालो मसी
दुवैको कस्तो परिपुरक सम्बन्ध छ ।
एकमा अर्को समर्पित,
अनि मिठो आलिङ्गन ।।
 
तर,
ति सबै काला मसिहरुमा
पारदर्शी आँशुमा टुक्राहरुले ।
बिथोलिदिन थालिसकेको थियो,
एक बाट अर्को छुट्याईन खोज्दै ।।
 
अनि,
कठोर कम्पम झैं हल्लिएका पाईला
एकले अर्कोलाई समाईरहन खोज्छन् ।
र थपिएका परकम्पनले
दुई ध्रुबमा बिलिन बनाईदिन खोज्दैछन् ।।
 
र,
समयले चाँडै बिझाई दिएको छ,
सम्बन्धका केस्राहरु, आवरणहरु
स्वादिला रसहरु, तिता बियाँहरु ।
छानिएका सपनाहरु, भोगाईका बिपनाहरु
सबै छन एक अर्कामा निहित बिलित ।।
 
सबै अनुभवहरुलाई पोको पारेर
खुट्टाका औँलाहरु चलाईरह्उ
एक बाध्यता हो,

रहर हो, खुसि हो, पीडा हो, दोष हो,

स्पर्श हो, छाँया हो
अनि न्यानो माया हो ।।
तपाईँको मत