दृष्‍टिकोण

किन-किन नेताहरुको सक्षमता देखि अचम्मित छु !

  • सुमन बराल
  • २ भदौ शनिबार, २०७५ | ११:४५:०० मा प्रकाशित

आज मेरो एउटा भ्रम तोडियो । मलार्इ पटक-पटक सत्ता सम्हालेर पनि देश र जनताको लागि महशुष हुनेगरी उल्लेखनीय काम गर्न नसकेका नेपाली कांग्रेस र नेकपा (पूर्व एमाले र माओवादी) का शिर्ष नेताहरु प्रमाणित असक्षम हुन् जस्तो लाग्थ्यो । तर, आज किन-किन नेताहरुको सक्षमता देखि अचम्मित छु । खुसीले गद्-गद् छु !

१. ‘हाम्रा नेताले करोडका गाडी नचडेर साइकल कुदाउनु ?’ । ‘लाखौँ बराबरको तलब सुविधा नलिनलाई जोगी हुन राजनीति गरेको हो र ?’ ‘ हाम्रा नेता संसारकै सबै भन्दा पारदर्शी, इमान्दार, सक्षम छन् ’ । -यति कुरा खुलेर लेख्ने अनि बोल्ने साहस भएका कार्यकर्ता जन्माउने नेतालाई मैले कसरी असक्षम भनौँ ?

२. चार-चार पटक असफल र असक्षम प्रधानमन्त्री भएका मानिसलार्इ सभापति मानेर हिँड्ने कार्यकर्ता जन्माउने नेतालार्इ अनि समस्या आफ्नो घर भित्र छ, आफ्नो घरमा आगो लागेको छ तर अरुको समस्या औँल्याइदिन अनि अरुको घरमा आगो झोसिदिन हौसिने कार्यकर्ता जन्माउनेलार्इ कसरी असक्षम भनौँ ?

हाम्रा नेताले ‘आफ्नो वा विपक्षी दलको भएपनि गुण दोषका आधारमा समर्थन र बिरोध गर्नु’, ‘कुनै चस्मा नलगाई राम्रो लार्इ राम्रो अनि नराम्रो लार्इ नराम्रो भन्नु’, ‘आफ्नै पार्टी र नेतृत्वका गलत क्रियाकलापको खुलेर बिरोध गर्नु’ भन्ने कुरा कार्यकर्तालार्इ सिकाउन आफ्नो क्षमता प्रयोग गरेको भए, आज हाम्रो देश संसारकै एक गरिब, पिछडिएको अनि भ्रष्ट देश को पर्याय बन्ने थिएन रहेछ ।

 

तपाईँको मत