कला

एक टुक्रा आकाश

picture : spacequotations

छ्याङ्ग खुलेको छ आज
बादलका गूच्छाहरूले बेश्ठित
सुन्दर आकाश
मेरो आँगनबाट देखिने
मेरो आँखाबाट देखिने
नीर्बोध, नीलो
एक टुक्रा आकाश ।
मान्छेहरू भन्छन
मलाई आकाश प्रेम छ
नीलो आकाशलाई म
निर्लिप्त हेरीरहन्छु रे
पागल प्रेमी झैं ।
भन्नेहरु भनीरहुन
मलाई आकाश शीतल लाग्छ ।
जीवन रित्तो रित्तो लाग्दा
म एकटक नियाल्छु आकाशलाई
मलाई आकाश बीझाउदैन
आकाश हेरेर
म नयाँ सपनाहरू देख्छु
नयाँ आशाहरू बून्छू म आकाशसँग ।
छात्ती भरी मुटु
र, मुटु भरी जीवन दुखेको बेला
मुटु रीत्याएर रुन सक्छु
अनि, फुरुङ्ग भएर
बादल झैँ
गम्लङ्ग अङ्गालो मार्न सक्छु म आकाशलाई
दूत्कार्दैन आकाश मलाई ।
घोडेटाहरुमा हराएर
मैले जीवनका गोरेटाहरु भुलेको बेला
सपना देख्न बिर्सेको बेला
मेरा पँखेटाहरु कुँजिएको बेला
शीतल पवनका सप्काहरूले
मलाई छुन्छ
मलाई सुम्सुम्याउँछ मेरो आकाश
अनि, हरिया पल्ल्वहरू झैं
पल्लवित हुन्छु म
र, नीर्मुक्त भएर बयेलिँछु
हर्षले पुलकित हुन्छ मेरो आकाश ।
हो, त्यसैले,
आकाशमा म अपरिमित प्रेम भेट्छु
आकाशमा म करुणा भेट्छु
अनि, आकाशमा म जीवन भेट्छु ।
हो, मलाई आकाश बीझाउदैन
एकटक हेरिरहन सक्छु म आकाशलाई ।

ईश्वरीप्रसाद लामिछाने (लामिछाने अरुणिमा फाउन्डेसनमा आवद्ध छन्)

 

तपाईँको मत