कला

घर भित्रै बलत्कारी हुन्छ

सचेत बन्नुस् आजकल घर भित्रै बलत्कारी हुन्छ
सजाय दिने कानुनको पनि पैसै सित साझेदारी हुन्छ

ठुला विद्वानहरुबाट कथनमा त सुनेकी थिए
त्यहीँ हुन्छ हत्या हिंसा जहाँ धेरै बेरोजगारी हुन्छ

न्यायलय समाजसेवी प्रहरी देखि नेता दलाल
न्याय माग्न कहाँ जाउँ न्यायलयको कुर्सीमा भ्रष्टाचारी हुन्छ

नगर्नुस भो धर्मको कुरा पर्दिन सरण मुर्तीहरुमा
यहाँ भगवानको भक्त भनिएकै मान्छे हतियारधारी हुन्छ

सकारात्मक सोचको दाहासंस्कार भएर नै होला
मेरो देशमा त सधैं दाजुभाई बिचमा मारामारी हुन्छ

 

मैवाखोला-४ साँघु ताप्लेजुङ
हाल दमक-१, झापा नेपाल

गजल-साहित्य संग्रहबाट ।

तपाईँको मत