अर्थतन्त्र

आइएमई लाइफ र ग्लोबल आइएमई बैंकबीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।

अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका गा्रहकहरुले ग्लोबल आइएमई बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् 

सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक श्री दिनेश अमात्य र बैंकका तर्फबाट कार्यकारी अधिकृत श्री जनक शर्मा पौडेलले हस्ताक्षर गरेका छन् । 

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट बिभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । 

कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्तासहितको आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ । 
 

गाउँ सहर संवाददाता

तपाईँको मत