गाउँ सहर

दशैंअघि आफ्नै ब्राण्डको तोरीको तेल ल्याउने तयारीमा साल्ट ट्रेडिङ

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले दशैंअघि आफ्नै ब्राण्डको तोरीको खाने तेल बजारमा ल्याउने तयारीमा जुटेको छ ।
 
कर्पोरेशनका सहायक महाप्रबन्धक कुमार राजभण्डारीका अनुसार हेटौंडामा प्लान्ट राखेर तीब्र गतिमा काम भइरहेको छ । राजभण्डारीले भने 'पहिले-पहिले नेपालबाट तेल विदेशमा निर्यात हुन्थ्यो अहिले आयात हुन थालेपछि कर्पोरेशनले के गर्न  सकिन्छ त भनेर हामीले अध्ययन र छलफल गरेर अहिले तराईमा तोरीको पकेट क्षेत्र मानिने चितवनमा किसानहरुलाई तोरी उत्पादनमा उत्प्रेरित गरेर ती सबै किसानको तोरी साल्ट ट्रेडिङले नै खरिद गर्ने र त्यसैबाट आफ्नै ब्राण्डको तोरीको तेल बजारमा ल्याउने अन्तिम चरणमा छौं '
 
विगत ६ वर्षदेखि कर्पोरेशनले अनुदानित र गैर अनुदानित मलको ढुवानी गर्नुका साथै मल कृषकसम्म पुर्याउने काम गरिरहेको छ । सिङ्गल सुपर फस्फेट (एसएसएफ), अमोनियम सल्फेट जस्ता विभिन्न किसिमका मलहरु आपूर्ति गरिरहेको छ ।
 
कसरी तेल उत्पादन गर्ने अवधारण बन्यो त भन्ने प्रसङगमा सहायक महाप्रवन्धक राजभण्डारीले भने 'साल्ट ट्रेडिङले पहिले पनि घ्यू उत्पादन  गर्दथ्यो, विभिन्न कारणले त्यो बन्द भएको थियो । हामीले अनुदानित र गैर  अनुदानित मलहरु ल्याउने क्रममा केही मल जसले तोरीको उब्जनीमा महत्वपूर्ण काम गर्यो । त्यही क्रममा हामीले चितवनका कृषकहरुसँग छलफल गरेर तोरी उत्पादनमा उत्प्रेरित गराउँदै उनीहरुको सबै उत्पादन हामीले खरिद गर्ने र बजारमा गुणस्तरयुक्त तेल पनि किन नलैजाने भनेर गहन छलफल भएपछि यो कामले गति लिएको हो '
 
उनी भन्छन् 'यसबाट किसानलाई पनि दोहोरो फाइदा भएको छ पहिलो त उनीहरुले हामीबाट कम मूल्यमा गुणस्तरीय मल पाउँदछन् जसले माटो उत्पादन क्षमतामा कम असर गर्दछ र उत्पादनमा वृद्धि गर्दछ । दोस्रो उनीहरुको जति पनि तोरी उत्पादन हुन्छन् हामीले खरिद गर्दछौ । जसले गर्दा उनीहरुको आयस्तर र जीवनस्तरमा पनि सघाउ पुग्दछ । आफैले उत्पादन गरेको तोरीको गुणस्तरीय तेल खान्छु भन्दा पनि बजारमा सजिलै पाउने वातावरण हुँदैछ '
 
अहिले हेटौंगामा तेल उत्पादनको लागि चीनबाट प्लान्ट ल्याएर जोड्ने काम भइरहेको छ ।
 
फरक प्रसङगमा विभागीय प्रमुख ब्रजेश कुमार झाले साल्ट ट्रेडिङ ५५ वर्षे लामो इतिहास बोकेको र दुस्खको बेला सरकार र सर्वसाधारण नागरिकको सारथि बन्दै आएको संस्थालाई  बेला बेला विभिन्न बहानामा अनावश्यक विवादमा ल्याइदिँदा दुस्ख लाग्ने गरेको बताए् । भनेले भने 'हामीले यति लामो समयदेखि जनताको लागि उचित मूल्यमा गुण्स्तरयुक्त अत्यावश्यक वस्तुहरु सर्वसुलभ ढंगले उपलब्ध गराइरहेका छौं । केही समस्या छन् भने सरोकारवालहरुसँग बसेर छलफल गर्न सकिन्छ । तर संस्थालाई धराशायी पार्ने खालका कानूनविपरीत गतिविधि हुन भएन र संस्थाको साख गिर्ने भ्रामक प्रचारले सबैलाई घाटा नै गर्नेछ '
 
साल्ट ट्रेडिङ कर्पोरेशनमा अनुदानबापत लगानी भएको  रकम सरकारका नाममा शेयर कायम हुनुपर्ने हल्ला तर्कसंगत र कानुनसम्मत नरहेको कर्पोरेशनको भनाई छ ।
 
सरकारी स्वामित्वका अधिकांश कम्पनीहरु बन्द हुँदै गए । केही खारेजीको प्रक्रियामाम छन भने  कतिपय घाटामै भएपनि जेनतेन चलिरहका छन् । त्यसमध्ये २०२० सालमा स्थापित सरकारी स्वामित्वको दुइतिहाई भन्दा बढी शेयर रहेको साल्ट ट्रेडिङ कर्पोरेशन यस्तो संस्था हो जुन पब्लिक, प्राइभेट पाटनरसीप (पीपीपी) मोडलमा सञ्चालित  छ । जुन यो मोडलको नमूना कम्पनीको रुपमा लिइन्छ ।
 
विशेषगरी साल्ट ट्रेडिङले आयोडिन नुन, अनुदानित मल, चिनी, ग्यास जस्ता सर्वसाधारणलाई बिक्री वितरण गर्दै आएको छ ।
 

गाउँ सहर संवाददाता

बैकुण्ठ खनाल लेख्नुहुन्छ १२ चैत, २०७५ ९:२६ pm

मल ल्याउन के के कागज ल्याउनु पर्छ

तपाईँको मत