दृष्‍टिकोण

सहरको उन्नती गाउँ विकासमा, अझै दाेधारमा शासकहरू

नमूना छन, कार्यान्वयन छैन

ग्रामीण विकासलाई गाउँँको विकाससँग मात्रै व्याख्या गरिएपनि यसको सम्बन्ध सहरको प्रगति र उन्नतीसँग पनि उत्तिकै जोडिएको छ । गाउँँको विकासको लागि सहरी विकास अपरिहार्य हुन्छ । सहर-गाउँँ सम्बन्ध सहरी एवम् ग्रामीण क्षेत्रहरुलाई एकीकृत गर्ने एक प्रमुख माध्यम हो । विकासका विभिन्न नमूना कार्यक्रम र सिद्यान्तहरु अहिलेसम्म लागु गरिएको भएपनि आजसम्म कसैले पनि बढी व्यवहारीक कार्यनीतिलाई आत्मसात नगरिनाले सहरको सँख्यामा वृद्धि तथा गाउँँको अवस्था हरेक तरिकाले सुनशान हुनगएका छन् । 

विकास गर्ने बहानामा असँख्य मोडलहरु छ्याप्छ्याप्ती आएपनि उचित र विकासोन्मूख संरचनामा मेल खान सक्ने यस्ता नमूनाहरुले सम्पूर्ण पक्षहरुलाइ नसमेटेको प्रष्ट छ । कुनै खाका सहरको विकास पूर्ण भएपछि पोखिएर गाउँँको विकास हुने कुरामा मत जाहेर गर्दछन भने कोहि गाउँँलाई सम्पन्न पार्न सके मात्र सहरको काम कारवाही दीगो रहनसक्ने कुरामा अडिग देखिन्छन् । यसकारण पनि यी दुई क्षेत्रको सम्बन्ध स्पष्ट, अत्यावश्यक र पारदर्शी बनाउनु जरुरी छ । 

ग्रामीण विकासको लािग कुनैपनि हालतमा उत्पादन र उत्पादकत्वमा वृद्धि हुनुपर्दछ । यसका लागि सहर वा उप-केन्द्रको विकास हुनै पर्दछ । यी दुवै स्थानहरुमा वस्तु, सेवा, पूँजी, प्रविधि, सूचना र अन्य सम्बन्ध स्वतन्त्र रुपले हुनुपर्दछ अनि मात्र गाउँँ, साना बजार केन्द्र र बस्तीहरु सहरी सुविधामा गुणात्मक परिवर्तन तथा विकसित हुन्छन् । यस्ता प्रक्रियाहरुबाट सहर-गाउँँ सम्बन्ध प्रगाढ हुन जान्छ र यी दुइ बीचको दुरी कम हुन गइ सन्तुलित विकास सम्भव हुन्छ । यसै सन्दर्भमा एशियन विकास संस्था, १९७६ ले ग्रामीण विकासका लागि एकीकृत अवधारणाको आवश्यकताको पहिचान भइसकेको छ, जसको आयआर्जनमा गैरकृषि क्रियाकलापको विकास र वृद्धि, ग्रामीण सहरको विकास, सार्वजनिक कार्य एवम् कार्यक्रमको प्रारम्भ, सामाजिक सेवा सुविधाको व्यवस्था र विकास सम्बन्धी क्रियाकलापहरुको निर्णय प्रक्रियामा आम जन-साधारणको सहभागितालाई उच्च महत्व प्रदान गरेको छ भनि व्याख्या गरेको छ ।

पन्त र थापा ले सन् १९८२ मा बताएअनुसार नेपालमा योजना तथा विकासलाई ग्रामीण क्षेत्रमा सामाजिक तथा आर्थिक सेवाहरु पुर्याउने एक प्रक्रियाका रुपमा लिइन्छ । विगतका झण्डै छ दशकहरुमा ग्रामीण क्षेत्रको विकासको लागि विभिन्न रणनीतिहरु अपनाई ग्रामीण जनताको जीवनस्तरमा सुधार गर्न सदैव कृषि क्षेत्रको विकासलाई विशेष जोड दिएको पाइन्छ । यस्तै प्रधानले सन् १९८२ मा दिएको धारणामा विविध प्रशासनिक, अस्पष्ट अवधारणा, अप्रभावकारी समन्वय तथा सञ्चार सम्पर्क आदि समस्याका कारण ग्रामीण क्षेत्रको विकास प्रक्रियामा आसातित् सफलता प्राप्त हुन सकेन भनि चर्चा गरेका थिए । तर पछि सन् १९६३ को पहिलो विकेन्द्रीकरण र क्षेत्रीय विकासलाई औजारको रुपमा प्रयोग गरियो । जसले क्षेत्रीय विकास अवधारणा र क्षेत्रीय असमानता घटाउन र एकिकृत विकास केन्द्र प्रणालीको आवश्यकता पूर्ति गर्न सहयोग पु¥यायो । हालसम्मका विभिन्न योजनाहरुमा पनि सहर-गाउँँ सम्बन्ध र दुवै क्षेत्रहरुको विकासमा विभिन्न फरक कार्यक्रमहरू र तीनलाई पुरा गर्नको लागि रणनीतिहरु जारी गरिएका छन् । यसले गर्दा यी दुई ठाउँहरुको अन्तरसम्बन्धमा सकारात्मक परिवर्तनहरू ल्याउन सफल भएको छ ।

सहर-गाउँँ सम्बन्धमा गाउँँको सहरसँग ब्याकवार्ड सम्बन्ध हुन्छ भने सहरको गाउँँसँग फरवार्ड सम्बन्ध रहेको हुन्छ । गाउँँबाट कच्चा पदार्थहरु, कृषिजन्य उत्पादनहरू, श्रम, पूँजी, ग्रामीण प्रविधि, घरेलु उत्पादनहरू सहज जान्छन भने सहरबाट सेवा, सुविधा, प्रविधि, सीप, रोजगार, बिचार आदि गाउँँ फर्कन्छन् । सहर-गाउँँ सम्बन्ध जोड्नमा बाटो, यातायात, धनी महाजनहरू, संस्थागत प्रणालीहरु, व्यापारीहरू आदिको महत्वपूर्ण भूमिका रहेको हुन्छ । विद्वानद्वय जयन्त के. रोटे्र ह्यारी डेमीन का अनुसार सहर-गाउँँ बीचको सम्बन्धलाई अन्तरक्रियात्मक प्रक्रिया, सम्पर्क सुत्र एवम् सम्बन्ध र एक अर्कामा वस्तु तथा सेवाको प्रवाहको परिणती हो । यसरी नै विज्ञ रोन्डीनेलीले सन् १९८५ मा भौतिक, आर्थिक, जनसाँख्यीक, प्राविधिक, सामाजिक, सेवा वितरण, राजनीतिक, प्रशासनिक र संगठनात्मक सम्बन्ध रहेको भनि उल्लेख गरेका थिए । यसरी हेर्दा यी दुई स्थानको सम्बन्ध कार्यात्मक र प्रकार्यात्मक दुवै रहेको हुन्छ ।  

यस्ता विविध समस्याहरुलाई निराकरण गर्न सके मात्र सहर-गाउँँ सम्बन्धमा माधुर्य सम्बन्ध स्थापीत भइ ग्रामीण विकासको सहि बाटो तय हुने थियो । शासकहरु अब बुझ्नुस् अनि गाउँ विकास गर्न लाग्नुस् ।

सहर-गाउँँ सम्बन्धलाई हेर्दाखेरी केन्द्रीय स्थान अवधारणा (सेन्ट्रल प्लेस अवधारणा), प्रवेशद्वार नमूना (गेटवे मोडल), केन्द्र-पृष्ठक्षेत्र सम्बन्ध सिद्धान्त (कोर-पेरीफेरी लिंकेज मोडल), भोन थुनेनको सहरी भू-उपयोग नमूना   (अर्वन लेण्ड युज मोडल), अवस्थितिगत विकासका सिद्धान्तहरू (स्पेसीयल डेभलपमेन्ट मोडल), सहर-गाउँँ  बसाइँसराइका सिद्धान्तहरू (रुरल अर्वन माइगे्रसन थेउरीज) आदि प्रख्यात छन् । दुवै क्षेत्रको विकासका लागि स्थापीत यस्ता नमूनाहरुलाई छोट्करीमा बुंदागत् चर्चा गरिन्छ ।

मोडल - १
सन् १९२३ मा वाल्टर क्रिष्टलर (दक्षिण जर्मनी) द्वारा प्रतिपादित केन्द्रीय स्थान अवधारणा प्रभावकारी सैद्धान्तिक अवधारणा हो । यसले सहरी केन्द्रहरुको वृद्धि तथा विकास तिनिहरुको पृष्ठक्षेत्रसंगको सम्बन्धको अध्ययन, अनुसन्धान तथा व्याख्या विश्लेषणमा आधारित छ । यस प्रणालीको परिभाषामा बस्तीस्थललाई सानो गाऊँँ, नगर र सहर आदिको रुपमा आवद्ध हुन्छ । यस सिद्धान्त अनुसार केन्द्र स्थानले वस्तु वा सेवा प्रदान गर्दा उक्त क्षेत्र सघन एवम् पूर्ण षट्भूजिय आकारले ढाकिएको वा कुनै क्षेत्र बाहिरिने वा कुनै क्षेत्रमा सेवा नपुग्ने हुँदैन । यसमा क्रिष्टलरले माथिबाट-तल को अवधारणा राखेको पाइन्छ । यीनको यस अवधारणाको औचित्य  केन्द्रीय स्थानले वरिपरीको क्षेत्रलाई वस्तु उपलब्ध गराएर सेवा प्रदान गर्नु हो । स्मरण रहोस सेवा प्राप्त गर्ने बस्तीहरु क्रमशः माथिबाट तलतिर क्रममा कायम भएका हुन्छन् ।

मोडल - २
प्रवेशद्वार नमूना बरगार्टले सन् १९७१ र हर्थ ले १९७८ मा प्रयोगमा ल्याएका थिए । यसको आधारभूत कुरा भनेको बस्तीको रणनीतिक अवस्थिति हो वा प्रवेशद्वार केन्द्रहरू फैलिएर रहेका प्रवेश मार्गमा पर्दछ । जसले गर्दा  प्रवेशद्वार र अर्को स्थानको सम्पर्क यातायात र सञ्चारको माध्यमले सम्भव हुन्छ भन्ने मान्यतामा यो नमूना रहेको छ । यसमा प्राथमिक र द्वितिय प्रवेशद्वार उल्लेख गरेको पाइन्छ ।

मोडल - ३
केन्द्र—पृष्ठक्षेत्र सम्बन्ध सिद्धान्त भूगोलविद्य जोन फ्रायडमेन हुन् । भेनेजुएलाको प्रयोगका आधारमा सन् १९६६ मा यस अवधारणा प्रकाशमा आएको थियो । यस नमूना बमोजिम नगर क्षेत्रले आफ्नो चारैतिरको क्षेत्रलाई समेटेर केन्द्रको स्थापना गरेको हुन्छ र त्यस्तो केन्द्रमा पनि भौगोलिक तथा सेवा र वस्तु प्रवाहमा विद्यमान विभिन्नताको आधारमा विभिन्न तहमा सम्बन्धको स्थापना भएको हुन्छ । यसमा चारबटा तहहरू हुने गर्दछ । पूर्व औद्योगिक तह, प्रारम्भिक औद्योगिक तह, औद्योगिक परिपक्वताको तह, र उच्च उपभोग सम्बन्धको तह ।
 

मोडल - ४
भोन थुनेनको सहरी भू-उपयोग नमूना सन् १८२६ मा उत्तरी जर्मनीको सहरी क्षेत्र ग्रामीण पृष्ठ क्षेत्रको भू-उपयोग सम्बन्धको अवलोकनको आधारमा प्रकाशमा आएको थियो । यस सिद्धान्तले वैज्ञानिक रुपमा सहर र पृष्ठक्षेत्रको बीच विद्यमान अन्तक्रियात्मक सम्बन्धलाई सरल रुपमा प्रष्ट्र गरेको छ ।

मोडल - ५
अवस्थितिगत विकासका सिद्धान्तहरू अन्तर्गत विकास केन्द्र अवधारणा, कृषि क्षेत्र सिद्धान्त, एकीकृत ग्रामीण विकास कार्यक्रमहरु, मध्यमस्तरीय सहर र ग्रामीण विकास, बजार केन्द्र उपागम र ग्रामीण विकास, स्थान र विकास, बजार केन्द्रहरुको संरचना, ग्रामीण बजार प्रणाली, केन्द्र प्रणाली, पदसोपान र बजार केन्द्र सम्बन्धहरू पर्दछन् ।

मोडल - ६
यसैगरि सहर-गाउँँ  बसाइँसराइका सिद्धान्तहरू मा रेभिन्सटेन ले सन् १८८५ र माइकल पी. टोडारोले सन् १९७६ मा गरेको बसाइँसराइका सामान्य सिद्धान्तहरू प्रतिपादन गरेका थिए । रेभिन्सटेनले दुरी, सहरी केन्द्रको पदसोपान, प्रवाह र प्रतिप्रवाह, गाउँँसहर भिन्नता, सुचना र प्रविधिको चर्चा गरेका छन् । त्यस्तै टोडारोले बसाइँसराइका धकेल्ने र तान्ने तत्वको उल्लेख गरेका छन् । अवसरहरुका कारण मानिसलाई सहरले तानेको हुन्छ भने त्यसको विपरित गाउँँले मानिसलाइ सहरतर्फ धकेलेको हुन्छ ।  

माथि उल्लेखित विभिन्न सिद्धान्तहरू सहर र गाउँँको विकास तथा विस्तारको लागि मुख्य औजारहरु हुन् । विकासोन्मूख देशहरुमा विकासविद्यहरुमा अहिले आएर यस विषयमा सहरगाउँँ सम्बन्धको भूमिकामा चासो बढ्दै गएको छ । कार्यान्वयनमा आएका विभिन्न नमूनाहरु कुनै न कुनै रुपमा प्रयोग भएकै देखिन्छन भने कुनैमा परिमार्जन आवश्यक देखिएको छ । समाज विकास हुँदै जाँदा र बस्तीको जनघनत्वमा वृद्धि हुँदै जाँदा देखिएका कृतिम समस्याहरू न्यूनिकरण गर्दै विकास गर्नका लागि पनि नयाँ-नयाँ सोच, व्यवहार र प्रविधिमा परिवर्तन ल्याउनु अपरिहार्य छ । यति हुँदाहुँदै पनि यस सम्बन्धका विभिन्न वाधा तथा अवरोधहरु देखिएका छन् । भूराजनीतिक अवस्था, प्रभावकारी ज्ञानको अभाव, क्षेत्रीय विकासको यन्त्र, दुरी प्रभाव, सन्तुलित बस्ती प्रणालीको अभाव, प्रशासनिक प्रक्रियाहरू, बहुआयामिक सोचको अभाव, स्थानीय क्षेत्रमा सूचना तथा सञ्चार साधनहरको बेवास्ता, भौतिक सुविधाहरू आदि चुनौतिका रुपमा उत्पन्न भइरहेका छन्  । 

सहर-गाउँँ सम्बन्ध स्थापना गर्ने कार्य मुख्यतयाः सामाजिक, आर्थिक, राजनैतिक, भौतिक, प्राविधिक, सेवा प्रदाय आदि तत्वहरुमा निर्भर हुन्छन् । यी तत्वहरूलाई क्षेत्रहरुको बीचको सम्बन्धको आधार पनि मान्न सकिन्छ । यस अन्तर्गतः जनसंख्या, कच्चापदार्थ, उत्पादन आदि पर्दछन् । विशेषगरी यस्ता मापन गर्न (क) भौगोलिक दुरी (ख) भौगोलिक प्रभाव (ग) समय (घ) लागत तत्वहरुको प्रभावबाट नै सहर-गाउँँ अर्थात केन्द्रस्थल र पृष्ठक्षेत्रका बीच सम्बन्ध एक आपसमा गाँसिएका हुन्छन् । विकशील राष्ट्रहरू जस्तै नेपालका सन्दर्भमा सहर-गाउँँ सम्बन्ध विकासमा देखापरेका विभिन्न सवालहरूमा सहरगाउँँ सन्तुलन, एकीकृत राष्टिय बस्ती प्रणाली, सहरगाउँँ सम्बन्धको सूचना आधार, पूर्वाधार एवम् सेवा विकास, बजारस्थलको विकास, साना उद्यमहरूको विकास र स्थानीय शासन प्रणालीको सवलीकरण रहेका छन् । तसर्थ, यस्ता विविध समस्याहरुलाई निराकरण गर्न सके मात्र सहर-गाउँँ सम्बन्धमा माधुर्य सम्बन्ध स्थापीत भइ ग्रामीण विकासको सहि बाटो तय हुने थियो । शासकहरु अब बुझ्नुस् अनि गाउँ विकास गर्न लाग्नुस् ।
 

तपाईँको मत