स्वास्थ्य

मेटास्टेटिक क्यान्सरबाट जुधिरहेकी सोनाली बेंद्रे, जान्नुहोस के हो यो बिरामी

  • २९ श्रावण मंगलबार, २०७५ | १४:०७:०० मा प्रकाशित

नयाँ दिल्ली । बलिउड अभिनेत्री सोनलाी बेंद्रे ज्यानलिने बिरामी मेटास्टेटिक क्यान्सरबाट गुज्रिरहेकी छन् । उनले इन्स्टाग्राममा पोस्ट गर्दै यो कुराको जानकारी दिएकी हुन् । मेटास्टेटिक क्यान्सर यसलाई जब क्यान्सर सेल्स जहाँ गठन हुन्छ यानेकी प्राइमरी स्पटबाट अलग जान्छ र लिम्फ सिस्टमय वा रगतबाट अन्य हिस्सामा फैलने गर्दछ ।

क्यान्सर सेल्स शरीरको अन्य भागमा ट्यूमर बन्छ, जसलाई मेटास्टेटिक ट्यूमरको रुपमा बुझिन्छ । मेटास्टेटिक एक गम्भीर चरण हो, यसको मतलव क्यान्सर शरीरको अन्य भागमा फैलन सक्दछ । मेटास्टेटिक क्यान्सरको पहिलो रुपबाट उब्जिने गर्दछ । जसलाई यदि ब्रेस्ट क्यान्सर फैलन्छ त्यसलाई मेटास्टेटिक ब्रेस्ट क्यान्सर भनिन्छ, लंग्स क्यान्सर होइन । मेटास्टेटिक क्यान्सरको उपचार स्टेज चार ब्रेस्ट क्यान्सर जस्तै गरिन्छ ।

कसरी फैलन्छ मेटास्टेटिक क्यान्सर ?
ट्यूमर फुटेपछि रगतसँगै यो क्यान्सर पुरै शरीरमा फैलिएर सबैभन्दा पहिलो शिकार हड्डीलाई बनाउँछ । त्यसपछि क्रमशः फोक्सो, लिवर, दिमाग, गर्भाशय, मूत्राशय सबैमा फैलने गर्छ ।

मेटास्टेटिक क्यान्सरको लक्षण ?
यो क्यान्सरको देखिने लक्षण हड्डिमा दुःखाई, फुट्ने, मलमूत्र अनियन्त्रित, हात र गोडामा कमजोरी, रगतमा क्याल्सीयमको मात्रा बढेर चक्कर, बान्ता आदि रहेका छन् । लाइभ हिन्दुस्तानको सहयोगमा ।
 

तपाईँको मत