प्रेरणा

विशेषज्ञले बताए ‘आखिर किन एक्लै रहन्छन् केही मानिसहरू’

  • २४ श्रावण बिहीबार, २०७५ | १८:३३:०० मा प्रकाशित
Photo : Bidya Rajput

न्यूयोर्क । केही मानिसहरु पुरा जीवनभर एक्लो रहन्छन्, कहिल्यै सोच्नुभएको छ किन ? यदी सोच्नुभएको छैन भने केही कुरा विशेषज्ञले खोज्ने प्रयास गरेका छन् । उनीहरुले यसको लागि ४३ कारण बताएका छन् । जो एक्लो पुरुष यो भनाइको लागि जिम्मेवार हुन्छन् । केही मानिसहरु केटी साथीको लागि घोरिन्छन्, केहीको साथमा लाइन लाग्छ । यदी तपाइँको नजिक पनि यस्तो प्रकृतिका मानिसहरु छन भने तपाइँ उसको मद्धत गर्न सक्नुहुन्छ ।

तर, यो अध्ययन चाहिँ उत्तर अमेरिका र यूरोपीय पुरुषमा गरिएको थियो । विशेषज्ञले बताएअनुसार ३ जनामा १ पुरुष एक्लो छन् । यो अनुपात बढी पनि हुन सक्छ । यो जान्नको लागि केही एक्लो रहनुको अन्य कारण पनि हुनसक्छ । विशेषज्ञले रेडिट सोशलनेटवर्किंग वेवसाइटमा योसँग सम्बन्धित प्रश्न गरे । उसमा आएका जवाफका आधारमा उनीहरुले आफ्नो आंकलन पेश गरे । प्रश्न यो थियो, ‘आखिर तपाइँहरु एक्लो किन ?’

यो प्रश्नको जवाफमा हजारौँ रेडिट यूजर्सले कमेन्ट गरेका थिए । यही जवाफको आधारमा विशेषज्ञले ४३ कारण बताए । उनीहरुका अनुसार खराब हेराइ, छोटो कद, तालु यसको कुनै कारण हुनसक्छ । साइप्रसको यूनिर्भसिटी अफ निकोसियामा भएको अध्ययनमा प्रमुख शोधकर्ता मेनेलाओस अपोस्टोलूले भने एक लामो सम्बन्धमा अनिच्छाले बस्ने या लजालु स्वभावपनि यसको एउटा कारण हुनसक्छ । यो अध्ययन इभोल्यूश्नरी साइन्स जर्नलमा प्रकाशित भएको थियो ।

केही मानिसहरु बढी चुजी थिए, त्यहिँ केही अन्य मायामा धोका खाएका थिए त्यहि भएर कुनै सम्बन्धमा रहन नचाहने थिए । यो अध्ययनको लागि विशेषज्ञले ६७०० उत्तरको आंकलन गरेका थिए । यसमा केही मानिसमा शारीरिक असक्षमता थियो, केहीमा बिरामी, शारीरिक सम्बन्धसँग जोडिएका समस्या वा नशाको बानीको कारण एक्ला थिए ।

पुरुषहरु एक्लै रहनुको कारण

  • खराब हेराई
  • आत्मविश्वासको कमी
  • कम प्रयास गर्ने
  • सम्बन्धमा रुची
  • बदमासी गर्न नआउने
  • अन्र्तमूखी
  • माया टुटेका
  • पछिल्लो सम्बन्धको असर गर्ने अनुभव
  • साथी नमिलेर
  • बढी तौल
  • अलग प्राथमिकताहरु
  • लजालू
  • बढी सोच विचार गर्ने
  • चिड्चिड गर्ने
  • समयको कमी
  • एक्लो आनन्दको अनुभूति गर्ने
  • अवसरवादी
  • खराव चरित्र
  • हैसियत नमिलेर
  • खराब मानशिक स्वास्थ्य
  • कम उपलब्धि
  • पुरानो केटीसाथी नभूलेर
  • सामाजिक कुशलतामा कमी
  • पुराना यादहरु बाहिर निकाल्न नपाएर
  • सम्बन्ध सुरु गर्ने ढंग नभएर
  • पैसाको कमी
  • महिलामा भरोशा नभएर
  • अर्काको मन बुझ्न दिक्क लाग्ने
  • सम्बन्धको डरले
  • आफैँ हिच्किचाएर
  • नकार्ने डर
  • राम्रो साथी बन्दैन की भन्ने डर
  • गलत महिलाप्रति आकर्षित हुनु
  • समलिंगी
  • मूल्य/मान्यता छाड्ने
  • मेहेनत गर्ने इच्छा नहुनु
  • प्रतिवद्धतादेखि डराउने
  • शारीरिक असक्तता
  • नशाको बानी
  • अन्य कारण । एजेन्सीको सहयोगमा 
     
तपाईँको मत