जीवनशैली

हरियाे तिज : आकर्षक देखिनको लागि श्रृंगारमा समावेश गर्नुहोस यी टिप्सहरू

काठमाडौँ । साउनको महिनामा आउने तिजलाई लिएर महिलाहरु धेरैमा कौतुहलता सुरु भइसकेको छ । नेपाली पात्रो अनुसार सेप्टेम्बर १२ अर्थात भदौ २७ गते हरितालिका तिज आउँदैछ । सो दिन महिलाहरु सुन्दर हुनको लागि कुनै कसर बाँकी राख्दैनन्/चाहँदैनन् । यही दिनलाई लिएर महिलाहरु हरियो रंगको साडी, कुर्ता सुरवाल/सूट या लेहेंगामा प्रस्तुत हुन्छन् । यतिमात्र होइन, श्रृंगार (मेकअप) को दौरान महिलाहरु मेहन्दीपनि लगाउँछन् । रंग मिल्ने गरगहना लगाउँछन र श्रृंगार पनि कडा गर्छन् । श्रृंगारिक वस्तुको प्रयोग अत्यधिक गरिन्छ । यदी यसपटक तपाइँ पनि आफ्नो साथीसँग केही फरक तयार हुन चाहनुहुन्छ, त्यसो हो भने यी कुरालाई ध्यानमा राख्नुहोस् ।

१. यदी तपाइँ यसपटक कुनै तौलदार लुगा (हेवी ड्रेस) वा साडी लगाउने योजना गर्दै हुनुहुन्छ भने त्यसको साथमा हल्का गहना लगाउनुहोस् । यो मौसममा बढी गह्रौँ चीज तपाइँलाई सुहाउँदैन । यस्तो गर्नुभयो भने तपाइँ साथीहरुसँग रमाउन सक्नुहुन्न । यसकारण कृत्रिम हल्का गहनाको प्रयोग सबैभन्दा उत्तम हुन्छ ।

२. सौन्दर्यविद्यले यो मौसममा पानी तैरिने (वाटर प्रुफ) श्रृंगार गर्न सुझाउँछन् । यतिमात्र होइन, श्रृंगारपनि हल्का हुनुपर्छ । यो मौसममा अत्यधिक तातो र पानी पर्ने हुनले श्रृंगारपछि तपाइँको अनुहार चिल्लो (ओइली) हुनसक्छ । यसकारण हल्का श्रृंगार गर्नु सबैभन्दा बुद्धिमानी हुन्छ । पहिले छालालाई राम्ररी सफा गर्नुहोस् । श्रृंगार भन्दा पहिले ५-१० पटक छालालाई बरफले रगड्नुहोस । यसले तपाइँको मेकअप लामो समयसम्म रहन्छ ।

३. यदी तपाइँको छाला चिल्लो छ भने मेकअप अगाडि एस्ट्रिंजर लगाउनुहोस् । यदी छाला ड्राई छ भने बरफपछि छालामा टोनर लगाउनुहोस् ।

४. ध्यान राख्नुहोस यो मौसममा ग्लासी मेकअप राम्रो देखिँदैन । यदी सम्भव छ भने मेट लिपिस्टिक लगाउनुहोस र यसलाई आइशेडो जस्तै प्रयोग गर्न सकिन्छ ।

५. यदी कुरा हेयर स्टाइलको गर्नुपर्छ भने कपाललाई केही फ्रेन्च, पफ भएको चुल्ठो बनाउन सक्नुहुन्छ । स्मरण रहोस यो स्टाइल नेपाल र भारतमा लोकप्रिय पनि छ । तपाइँ पनि यसलाई आफ्नो साडी वा सूटसँग मिलाउन सक्नुहुन्छ । गर्मीबाट बच्ने हो भने कपाल चुल्ठो पार्न सक्नुहुन्छ । यो स्टाइलले पनि तपाइँलाई फरक र आकर्षक लुक्समा ढालिदिन्छ । लाइभ हिन्दुस्तानको सहयोगमा  ।

तपाईँको मत