प्रेरणा

आनन्द मार्ग प्रचारक संघ नेपालले बालगृहलाई गर्यो सहयोग

काठमाडौँ । आनन्द मार्ग प्रचारक संघ नेपाल काठमाडौँ मुक्तिद्वारा तारकेश्वर न.पा. ८ जीतपुर फेदीस्थित नेपाल अपाङ्ग संघद्वारा सञ्चालित बालगृहका ४८ बालबालिकाहरुलाई एकदिनको भोजन गराएर एक महिनासम्म पुग्ने खाद्य सामाग्रीहरु प्रदान गरेको छ । 

कार्यक्रममा नारायण सेवा कार्यक्रमका संयोजक आचार्य परिपूर्णानन्द अवधूत, आर एस काठमाडौँले बालगृहका बालबालिकाहरुलाई आसन, नैतिक शिक्षाको प्रवचन दिँदै पीडित मानवताको सेवा नै इश्वरको सेवा भएको बताए । 

उनले अपिल गरे— ‘यस प्रकारका बालगृहका बालबालिकाहरुलाई सबै संघ संस्था एवम् जनसाधारणहरुले सहयोग गर्नुपर्छ ।’

कार्यक्रममा मिलन श्रेष्ठ, शिव सापकोटा, भवानी, दुर्गा र सरु दिदी लगायत अन्यको सराहनीय भूमिका रहेको थियो । 
 

Anil लेख्नुहुन्छ ६ श्रावण, २०७५ ०८:३४ am

Dada ka no

तपाईँको मत