स्वास्थ्य

तपाइँको स्वास्थ्यको बारेमा पिसावको रंगले खोल्नेछ तथ्य

  • १ श्रावण मंगलबार, २०७५ | १८:१६:०० मा प्रकाशित
self.com

वाशिंगटन । यूरिन (पिसाव) को रंगले आफ्नो स्वास्थ्यको बारेमा कयौँ तथ्य खोल्छ । यसले तपाइँ शरीर भित्रबाट स्वस्थ्य हुनुहुन्छ की हुनुहुन्न थाहा पाइन्छ । सामान्यतयाः पिसावको रंग सेतो वा हल्का पहेँलो सही स्वास्थ्यको निशानी हो, तर यसको रंग जति पहेँलो हुँदै जान्छ उतिनै स्वास्थ्यको खतरा बढ्दै जान्छ । यदी यो रंग धेरै समयसम्म रातो या पहेँलो हुन्छ, त्यो मुत्र संक्रमण, प्रोस्टेड र किडनीको समस्याको संकेतपनि हुनसक्छ । आउनुहोस् जानौँ पिसावको कुन रंगले तपाइँको स्वास्थ्यको बारेमा के बताउँछ ।

सेतो या हल्का पहेँलो रंग
सेतो या हल्का पहेँलो रंगले तपाइँको राम्रो स्वास्थ्यलाई दर्शाउँछ । यसको मतलव तपाइँको शरीरमा पानीको मात्रा पर्याप्त छ र तपाइँको शरीर डिहाइड्रेट छैन ।

पहेँलो या गाढा पहेँलो रंग
पिसावको रंग पहेँलो या गाढा पहेँलो छ भने शरीरमा पानीको मात्रा कमी भएको बुझ्नुपर्छ । अथवा तपाइँ डिहाइड्रेशनबाट ग्रशित हुनुहुन्छ, जसले गम्भीर रुप लिनसक्छ । 

पहेँलो वा ब्राउन रंग
यो रंगको पिसाव आउँछ भने शरीर धेरै नै डिहाइड्रेट भएको बुझ्नुपर्छ । यसले अनेक गम्भीर समस्या निम्त्याउन सक्छ । तुरुन्त डाक्टरको सल्लाहमा उपचार गराउनु उत्तम हुन्छ ।

रातो या सुन्तले रंग
यो रंग यदी पिसावमा देखिएमा वा लामो समय रहेमा केही न केही समस्या भएको बुझ्नुपर्छ । जसको लागि डाक्टरको सल्लाहमा उपचार गराउनुपर्छ ।

के हो डिहाइड्रेशन ?
शरीरमा पानीको मात्रा कम भएको अवस्थालाई डिहाइड्रेशन भनिन्छ । जुन बिग्रिएपछि हिटस्ट्रोक, उल्टी, डायरिया, सास फुल्ने या ज्यान जाने अवस्था सृजना हुनसक्छ । डाक्टरका अनुसार दिनमा २-३ लिटर पानीको सेवन अपरिहार्य हुन्छ । एजेन्सी 
 

तपाईँको मत