गाउँ सहर

वीपी राजमार्गमा 'ऐनादेवी' ! (फोटो फिचरसहित)

काठमाडौं ।  सडकको भित्तामा ओल्लो छेउदेखि पल्लो छेउसम्म ऐनै ऐना । केही ऐनामा गाडि नम्बरसहित नाम पनि लेखिएका छन् । कतिपयमा केही पनि लेखिएको छैन । 

वीपी राजमार्गको नेपालथोक-सित्खाखण्डको सुनकोशी गाउँपालिका अन्तर्गत मुलकोटको उकालोको घुम्ति सडक पार गर्नासाथ मूलसडकको भित्तामा यो दृष्य देख्न सकिन्छ । 

भित्ताभरी ऐना झण्ड्याइएको देख्दा जिज्ञाशा उठ्नु स्वभाविकै हो । भित्तोको बीचभागमा सानो मन्दिर पनि स्थापना गरिएको छ । जहाँ उक्त सडक यात्रा गर्ने सवारी चालकहरुले पूजाआजा गर्ने धुप बाल्ने गर्दछन् । कतिपयले फलफूल चढाएको देख्न सकिन्छ ।

सडक भित्तोका ऐना राख्नुको रहस्य के हो त भन्ने जिज्ञाशामा मुलकोटका स्थानीय होटल व्यवसायी मदन योञ्जनले भने पहिले यो सडक बनाउने क्रममा त्यहाँ खन्न निकै गाह्रो परेकोले गाउँमा निकै हल्ला खल्ला भयो त्यसपछि धामी झाँक्रीलाई जोखाना देखाउँदा त्यहाँ देवी भएकोले तीनको उत्खनन् र पूजाआजा गरेपछि मात्र बाटो खन्न सजिलो हुने बताएको र पछि बाटो खनेपछि देवी स्थापना गरिएको हो । 

यात्राका क्रममा सबैले पूजा नगरे पनि कतिपय ड्राइभरहरुले सुखद र सफल यात्राको कामना गर्दै धुप बाल्ने गरेको स्थानीयको भनाई छ । 

सुनकोशी गाउँपालिका नेपाली कांग्रेसका संयोजक मबिन योञ्जनका अनुसार पनि उक्त स्थानमा बाटो खन्ने क्रममा अवरुद्ध हुने, दुर्घटना हुने गरेकाले कुनै देवीदेवताको कारणले हुन सक्ने स्थानीयको आँकलनमा देवीस्थान स्थापना गरेर बाटो खनिएको आफूले सुनेको बताए । उनले भने वैज्ञानिक कारण त त्यस्तो केही थाहा भएन तर आस्था बढ्दै भएपछि देवीलाई ऐना चढाउने परम्परा अन्तर्गन एउटा, दुइवटाले चढाउँदा चढाउँदै सबै भित्ता भरिएको हो । 

मुलकोटको उक्त स्थान रिठ्ठे भीरले चिनिन्छ । जहाँ सेती देवीको थान छ । उक्त स्थानमा ऐना चढाउनुको तर्क गर्दै काठमाडौं-रामेछापमा सुनापति यातायात अन्गर्ततको बोलेरो जीप चलाउँदै आएका रामचन्द्र खड्का भन्छन् जसरी ऐनामा क्लिएर दृष्य देखिन्छ त्यसै गरी यात्राका क्रममा बाटोभरी यस्तो क्लिएर देखिओस् ताकि कुनै दुर्घटना तथा अवरोध नहोस् भन्ने कामनाले चढाइएको हो । यात्रा गर्ने बाटो ऐनाजस्तो छर्लङग होस् भन्ने चालकहरुले कामना गरेका हुन्छन् त्यसैले धार्मिक पवित्र उद्देश्यले ऐना चढाउने, धुप बाल्ने गरिएको हो । अलि९अलि गर्दा गर्दै भित्तो भरिनु पनि सेतीदेवी माताप्रतिको आस्था विश्वास र धार्मिक मान्यता हो । यसबाहेक अन्यकारण थाहा नभएको खड्का बताउँछन् । त्यहाँ पूजाआजा गरेर हिडेपछि यात्रा सफल हुने विश्वास चालकहरुको रहेको बताउँछन् । फोटो : माधव पाण्डे 
 

तपाईँको मत