विश्व

जन्ती बोकेको बस दुर्घटना हुँदा १७ को मृत्यु

  • ३२ असार सोमबार, २०७५ | १७:२१:०० मा प्रकाशित

इस्लामाबाद । पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ । 

एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि बस पल्टिएको थियो । सो दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका हुन् । 

सिन्धको एक स्थानीय सञ्चारमाध्यम उर्दुले दिएको जानकारीअनुसार यस घटनाको अनुसन्धान भइरहेका छ । 

यस दुर्घटनाको वरिष्ठ प्रहरी निरीक्षक जाहिद साहले पुष्टि गरेका छन् । प्रहरी अधिकारीहरुले दुर्घटनाको कारण धेरै यात्रु हुनसक्ने अनुमान गरेका छन् । 

उक्त दुर्घटनामा महिला र बालबालिका पनि रहेका जनाइएको छ । बस पल्टिएर तल खसेपछि उद्वारको लागि पनि कठिन भएको बताइएको छ । 

पाकिस्तानमा सन् २०११ देखि गरिएको एक सर्वेक्षणमा प्रत्येक वर्ष हुने सडक दुर्घटनामा चार हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको बताइएको छ । 

पाकिस्तानको तथ्याङ्क विभागले हालै सो तथ्याङ्क प्रकाशनमा ल्याएको हो । रासस/सिन्ह्वा

तपाईँको मत