संसद

संसदको बैठक पनि अवरुद्ध

  • ३२ असार सोमबार, २०७५ | १६:२९:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले सोमबार चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनसनलाई लिएर  दोस्रो पटक बसेको संसद बैठक पनि अवरुद्ध गरेको छ ।

कांग्रेस सांसद पुष्पा भुसालले सरकारले जुम्ला गएर केसीसँग वार्ता गर्नुपर्ने माग गरेकी थिईन् ।

कांग्रेसका सांसदहरुले उभिएर बिरोध गरिरहेपछि सभामुख महाराले साउन ३ गते १ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका छन् ।

विपक्षी सांसदहरुको अवरोधका कारण शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्बोधन गर्ने समय पनि पाएनन् ।

सभामुख कृष्णबहादुर महराले सरकारको धारणा जानकारी गराउन मन्त्रीले समय मागेको भन्दै विपक्षी सांसदहरुलाई बस्न आग्रह गरेका थिए ।तर, कांग्रेस सांसदहरुले अस्वीकार  गरेका थिए ।

 

 

तपाईँको मत