प्रविधि

डिश मिडिया नेटवर्कद्वारा सिम टिभि खरिद गर्ने सम्झौता

  • ३२ असार सोमबार, २०७५ | १५:३३:०० मा प्रकाशित

डिश मिडिया नेटवर्क लिमिटेडले सिम टिभि खरिद गर्ने सम्झौता गरेको छ । 

गत शुक्रबार डिश मिडिया नेटवर्क र सिम्पल मिडिया नेटवर्कबीच भएको सम्झौतामा सिम टिभिको सम्पूर्ण व्यवस्थापनको जिम्मा डिश होम नेटवर्कले लिने सहमति भएको छ । सिम टिभिको शेयर खरिद सम्झौता निकट भविष्यमै सम्पन्न हुने डिशहोमले जनाएको छ । 

सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क नेपालको सबैभन्दा ठूलो 'पे टिभि' हो । पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको यो संस्थाले निकट भविष्यमा सर्वसाधारणका लागि शेयर निष्कासनको तयारी गरिरहेको छ । 

यसैगरि सिम टिभि नेपालको मल्टि सर्भिस अपरेटरको रुपमा बजार बिस्तार गरिरहेको अग्रणी संस्था हो । सिम टिभिका प्रमुख कार्यकारी अधिकृत श्री ज्याकी शाहले डिश मिडिया नेटवर्कले सिम टिभिको खरिद पछि ग्राहकले गुणस्तरीय अनुभव गर्नुका साथै धेरै ग्राहक तथा आवद्ध लोकल केवल अपरेटरहरुको पहुँचमा पुग्ने जनाएका छन् । 

नयाँ प्रविधिको प्रयोग, आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेसन र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने डिश मिडिया नेटवर्कले जनाएको छ ।

तपाईँको मत