विश्व

ट्रम्प-पुटिन हेलसिन्की शीखर बैठक : ट्रम्प सतर्क

  • ३२ असार सोमबार, २०७५ | १०:३४:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग हेलसिन्कीमा सोमबार भेट्दै छन्।

त्यसका लागि उनी फिनल्याण्ड आइपुगेका छन्।

आफ्ना साझेदारहरूको आलोचना गरिएको युरोपको उतारचढावपूर्ण भ्रमणपछि उनले पुटिनलाई भेट्न लागेका हुन्।

ट्रम्पले उक्त बैठकबाट आफूले कमै अपेक्षा गरेको तर त्यसले केही राम्रै हुने अपेक्षा गरेको बताएका छन् । ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले दुवै पक्षले छलफलमा कुनै औपचारिक मुद्दा नहुनेमा सहमति जनाएको बताएका छन्।

तर ट्रम्पले सन् २०१६को राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप रहेको भन्ने आरोपबारे प्रश्न उठाउने बताएका छन्, जुन बोल्टन र पुटिनलाई पक्कै थाहा हुनुपर्छ।

अमेरिकाले राष्ट्रपतीय चुनावमा १२ रुसी अधिकारीहरूमाथि अभियोग लगाइए लगत्तै यो उच्चस्तरीय बैठक हुन लागेको हो।

ट्रम्पले त्यसबारे आफूले कुरा उठाउने बताएका छन् तर भेटमा त्यो ‍औपचारिक मुद्दा भने होइन। अमेरिकामा भने ट्रम्पले उक्त बैठक रद्द गर्नुपर्ने आह्वानहरू भएका छन्।

रुसले उक्त अभियोगहरू अस्वीकार गरेको छ । अबको भेटले सम्बन्ध सुधार गर्नसक्ने भन्दै त्यसका लागि पर्खिएको रुसले जनाएको छ। बीबीसी

तपाईँको मत